बारामा ८७ हजार मेट्रिकटन मकै उत्पादन

कलैया । जिल्लाका किसानले यस वर्ष १४ हजार ४९० हेक्टर जमिनमा हिउँदे र बर्खे मकैखेती गरी ८६ हजार ६९५ मेट्रिकटन उत्पादन गरेका छन् ।

jutta mela

जिल्ला कृषि ज्ञान केन्द्रका अनुसार ५ हजार ८६० क्षेत्रफलमा हिउँदे मकैखेती गरेर ३७ हजार ५०४ मेट्रिकटन उत्पादन भएको हो । यसैगरी, ८ हजार ६३० हेक्टरमा गरिएको बर्खेमकैबाट ४९ हजार १९१ मेट्रिकटन उत्पादन भएको छ ।

गत वर्ष किसानले हिउँदे मकै ५ हजार ८५० हेक्टर क्षेत्रफलमा खेती गरी ३७ हजार ४४० मेट्रिकटन उत्पादन गरेका थिए । गत वर्षको तुलनामा यस वर्ष अधिक जमिनमा खेती गरिएको भएपनि अपेक्षाकृत उत्पादन नभएको केन्द्रले जनाएको छ । रासस

You might also like

Comments are closed.