समाजसेवी सैँजूद्वारा खेल सामग्री प्रदान

खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१का समाजसेवी गोपाल सैँजूले आफूले प्रारम्भिक शिक्षा पाएको विद्यालयका ६० जना विद्यार्थीलाई ट्रयाकसुट तथा विभिन्न खेल सामग्री प्रदान गरेका छन् ।

दिक्तेलस्थित सरस्वती आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीलाई उनले बहीबार ती सामग्री प्रदान गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अजय बस्नेतले जानकारी दिए । कार्यक्रममा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ का वडाध्यक्ष नवराज राई, शिक्षक, अभिभावकको उपस्थितिमा ती सामग्री प्रदान गरिएको हो ।

विसं २०३३ माघ १५ गते स्थापना भएको यो विद्यालयको भौतिक संरचना जीर्ण छ । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारमा सञ्चालित विद्यालयको स्तरोन्नतिमा सक्दो सहयोग गर्ने प्रतिबद्धता पनि समाजसेवी सैँजुले व्यक्त गरेका छन् । रासस

You might also like

Comments are closed.