फुडमाण्डुको ‘मनसुन म्याजिक’ क्याम्पेनको सुरुवात

काठमाडौं । नेपालको पहिलो तथा लोकप्रिय फुड डेलिभरी कम्पनी फुडमान्डुले ‘मनसुन म्याजिक’ नामक क्याम्पेन लिएर आएको छ ।

यस क्याम्पेन अन्तर्गत ग्राहकले वर्षाको समयमा बाहिर निस्कनुको साटो घरमै बसी आफूलाई मनपर्ने खानाको मजा लिन सक्नेछन् । ‘भोक र झरी ? डन्ट वरी ……बिकज फुडमान्डुमा अफर असारै भरी’ भन्ने मुख्य सन्देशका साथ फुडमान्डुले ग्राहकलाई ७०% सम्मको भारी डिस्काउन्ट प्रदान गर्नेछ ।

साथमा सेल्स अफर अन्तर्गत ग्राहकले फ्ल्याट डिस्काउन्ट, बिग प्याक, कम्बो डिल्स, बोगो र मिस्ट्री बक्स जस्ता अफरहरु काठमाडौं, चितवन र पोखराका ४० भन्दा धेरै रेस्टुरेण्टबाट पाउन सक्छन् । क्याम्पेनमार्फत मनसुनको समयमा सधैं उत्कृष्ट खाना र डेलिभरीद्वारा ग्राहकलाई सेवा दिने प्रयासमा निरन्तर नै लागेको र ‘मनसुन म्याजिक’ ले ग्राहकलाई थप सहज र सरल सेवा प्रदान गर्ने फुडमान्डुकी ब्रान्ड एंड मार्केटिङ मेनेजर ईनेशा भट्टराईले बताइन् ।

सेल्स अफरका साथै फुडमाण्डुले ‘मनसुन म्याजिक’ नामक भौचर डिस्काउन्ट पनि उपलब्ध गराउने छ । जसअन्तर्गत ग्राहकलाई ४०% सम्म छुट प्रदान गरिनेछ । डिस्काउन्ट कति प्रतिशत हुन्छ भनेर ग्राहकले चेकआउटको समयमा कोड राखेपछि मात्र थाहा पाउनेछन् । यो क्याम्पेन असार १४ देखि असार ३१ सम्म मात्र लागु हुुनेछ ।

 

You might also like

Comments are closed.