एनसेलका मनसुन केन्द्रित र्यापिड रेस्पोन्स टिमले थाल्यो काम

काठमाडौं । विपद् पूर्वतयारी र प्रतिकार्यको लागि एनसेलले गठन गरेका आफ्ना र्यापिड रेस्पोन्स टोली (आरआरटी) ले काम थालेका छन् ।

हावाहुरी, भारी वर्षा र यसको प्रभावका कारण सेवा प्रवाहमा असर परेपनि छोटो समयमा सेवा पुनः सञ्चालनमा ल्याउन सम्भव भएको छ । मनसुनजन्य प्रकोपका कारण दूरसञ्चार सेवामा हुन सक्ने अवरोधलाई सम्बोधन गर्दै आफ्ना ग्राहकलाई सधैं अन राखी सम्पर्कमा रही रहन मद्धत गर्ने प्रतिवद्धता बमोजिम एनसेलले प्रत्येक जिल्लामा आरआरटी गठन गरेको छ ।

टोलीले तदारुकताका साथ काम गरेका कारणले हावाहुरी र भारी वर्षाको असरका बावजुत गत बुधबार कोसी, मधेस र गण्डकी प्रदेशका १५ भन्दा बढी जिल्लाका ११६ मोबाइल टावर सञ्चालनमा असर गरेपनि ४ घण्टा ३० मिनेटभित्रमा ७० प्रतिशत भन्दा बढि टावरलाई पुनः सञ्चालनमा ल्याइएको थियो । हावाहुरी र भारी वर्षाका प्रभावका कारण सो दिन सडक अवरुद्ध हुनुका साथै अप्टिकल फाइभर ब्रेक भएको, रुखहरु र नेपाल विद्युत प्राधिकरणको खम्बा ढलेर विद्युत आपुर्तिमा असर परेको बताइएको छ ।

आरआरटीलाई विशेष रूपमा आपतकालिन अवस्थाहरु सम्हाल्दै सकेसम्म चाँडो सेवाहरू पुनः सुचारु गर्न तालिम दिइएको छ । वर्षायाममा बाढी र पहिरोको प्रकोपका कारण प्रभावित हुन सक्ने सेवाको द्रुत गतिमा पुनः सञ्चालन र निरन्तरता सुनिश्चित गर्ने उद्धेश्य अनुरुप यी आरआरटीहरु गठन गरिएका हुन् । अहिलेको अवस्थामा विशेषगरी भारी वर्षाका कारण सेवा सञ्चालनमा असर पर्न गई केही समयको लागि सेवाहरु अवरुद्ध हुन सक्छन् । यसलाई ध्यानमा राख्दै अवरुद्ध भएमा यथासक्य चाँडो सेवा पूनः सञ्चालनमा ल्याउन ¥यापिड रेस्पोन्स टोली जिम्मेवार रहन्छ ।

यसैगरी, एनसेलले विपद् पुर्वतयारी स्वरुप नियमित अवस्थाको तुलनामा फिल्डमा खट्ने आफ्नो जनशक्ति १० प्रतिशतले बढाएको छ । विपद्का कारण सडक अवरोध नभएको अवस्थामा सेवा प्रभावित क्षेत्रमा ४ देखि ६ घण्टाभित्र सेवा सुचारु गर्न एनसेल प्रतिबद्ध छ । विपद्को समयमा विद्युत आपूर्ति अवरुद्ध हुने कुरालाई मध्यनजर गरेर एनसेलले आफ्ना टावरमा ब्याट्री ब्याकअप र फ्युल स्टकको व्यवस्था गरेको छ । विद्युतको आपूर्तिमा समस्या आएमा ब्याट्रीले ४ देखि ६ घण्टासम्म टावरहरू सञ्चालन गर्न मद्दत गर्दछ ।

एनसेलले विपद्का बेलामा अत्यावश्यक दूरसञ्चार सेवा उपलब्ध गराउन डिजेल जेनेरेटर र सेल अन ह्वील पनि तयार गरेको छ । त्यसैगरी, धेरै सेवाग्राही भएका ठाउँहरु र बाढीले असर गर्न सक्ने ठाउँलाई लक्षित गरी एनसेलले आवश्यक तयारी गरेको छ । विपद्को बेलामा विद्युत आपूर्ति र पूर्वाधारमा असर पर्ने हुनाले दूरसञ्चार सेवा सञ्चालन गरी आम नागरिकलाई सम्पर्कमा राख्नका लागि यी स्रोतले धेरै ठूलो महत्व राख्दछ ।

जल तथा मौसम विज्ञान विभागसँगको सहकार्यमा एनसेलले बाढी र पहिरोको सम्भावित जोखिमका बारेमा एसएमएस अलर्टमार्फत पूर्व जानकारी प्रदान गर्दै आएको छ । गत वर्ष मात्र एनसेलले मावन जीवन र सम्पत्तिको सुरक्षामा उल्लेखनीय योगदान पु¥याउँदै १ करोडभन्दा बढी यस्ता एसएमएस अलर्टहरू पठाएको थियो । विभागको टोल–फ्रि सेवा ११५५ मा डायल गरेर बाढी सम्बन्धी पूर्व सूचना लिन पनि सकिन्छ ।

You might also like

Comments are closed.