निःशूल्क हेयर कटिङ तालिम सम्पन्न

काठमाडौं । काठमाडौंको कपनमा रहेको बि.स्टार युनिसेक्स हेयर एण्ड मेकअप सलुनको संयोजकत्व तथा बुढानिलकण्ठ नगरपालिका १२ को आयोजनामा निःशुल्क हेयर कटिङ तालिम सम्पन्न भएको छ । गत बैशाख २७ गतेबाट प्रारम्भ गरिएको ४५ दिने तालिममा २५ जना युवा सहभागी थिए ।

बि.स्टारको हलमा भएको कार्यक्रममा प्रमुख अतिथि बुढानिलकण्ठ नगरपालिका १२ का वडाध्यक्ष शम्भु भट्टराईले यस तालिम आयोजना गर्न पाउँदा सिङ्गो वडा खुशी रहेको र तालिममा सहभागीले तालिमबाट सिकेको सीपलाई उचित तरिकाले सदुपयोग गरेको सुन्दै थप खुसी साट्न आफू आत्तुर रहेको बताए । उनले आगामी दिनमा समेत वडाले गर्नपर्ने साथ, सहयोग निरन्तर रहिरहने विश्वास दिलाए ।

तालिममा सीप सिकेका सहभागीले कपाल काट्ने पेशालाई नै निरन्तर दिनुपर्ने वडा नं १० का वडाध्यक्ष नवराज भट्टराई बताउँछन् । कलाकार हरि निरौलले कपाल काट्ने पेशा आफैमा एक जटिल पेशा रहेको तर देशमा कपाल काट्नको निम्ति अझैपनी दक्ष जनशक्तिको अभाव खड्किरहेको बेला आयोजना गरिएको हेयर कटिङ तालिमले आगामी दिनमा दक्ष जनशक्ति स्वदेशमा नै उत्पादन हुनेमा आफू विश्वस्त रहेको बताए ।

कपन डोल सुधार समितिका अध्यक्ष नारनप्रसाद ढुङ्गेल, बुढानिलकण्ठ नगरपालिका १२ का वडा सदस्य मिना बयालकोटी, ईश्वरी भट्टराई लगायतको सहभागीता रहेको थियो । बी स्टार युनिसेक्स हेयर एण्ड मेकअप सलुनका प्रमुख तथा मेकअप आर्टिष्ट बिक्रम गौतमको अध्यक्षतामा तालिम समापन भएको हो । तालिममा सहभागी विद्यार्थी पुष्पा थापाले तालिम सम्बन्धी आफ्ना अनुभव राखिन् । तालिममा सहभागीलाई प्रमाणपत्र वितरण गरिएको छ ।

 

You might also like

Comments are closed.