सूर्य नेपाल प्रालिद्वारा शुक्लागण्डकी नगरपालिकालाई दमकल हस्तान्तरण

तनहुँ । सूर्य नेपाल प्रा.लि ले शुक्लागण्डकी नगरपालिका तनहुँलाई दमकल हस्तान्तरण गरेको छ । आईतवार सूर्य नेपालद्वारा नगरपालिलकालाई दमकल सहित चावी हस्तान्तरण गरिएको छ ।

नगरभित्र हुन सक्ने सम्भावित आगलागीको क्षति न्युनिकरण गर्नका लागि नगरपालिकाले सुर्य नेपालसँग अग्नि नियन्त्रक माग गरेको थियो ।

सो मागलाई मध्यनजर गर्दै नगरपालिकालाई दमकल सहयोग गरेको सूर्य नेपालले जनाएको छ । दमकल शुक्लागण्डकी नगरपालिका, म्याग्दे गाउँपालिका र भिमाद नगरपालिकाका समेत सँग समन्वय गरेर सञ्चालनमा ल्याइने बताइएको छ ।

साथै दमकल सञ्चालनका लागि आवश्यक जनशक्ति र अन्य व्यवस्थापन शुक्लागण्डकी नगपालिकाले गर्ने नगर प्रमुख कृष्णराज पण्डितले बताएका छन् ।

कुल ६० लाख लागतको दमकलमा पानी भण्डारण क्षमता ४ हजार लिटर रहेको छ ।

You might also like

Comments are closed.