होन्डा कारको मनसुन सर्भिस क्याम्प शुरु, यस्तो छ सुबिधा

काठमाडौं । होन्डा गाडीको नेपालका लागि आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनीले मनसुन सर्भिस क्याम्प शुरु गरेको छ ।

आजबाट शुरु भएको क्याम्प आउँदो असार २१ गतेसम्म सञ्चालन हुने कम्पनीले जनाएको छ । क्याम्प धोविघाटस्थित होन्डा शोरुममा सञ्चालन भएको हो ।

५ दिनसम्म चल्ने क्याम्पमा ग्राहकले गाडीको सर्भिसिङ एवम् स्क्यानिङ, एयर ब्याग, ब्याट्री हेल्थ चेकअप, टायर निरिक्षणका साथै विभिन्न ३२ प्वाइन्ट निरिक्षण निःशूल्क रुपमा गराउन पाउनेछन् ।

यसैगरी, गाडीको मर्मत सम्भार गराउँदा फेर्नुपर्ने पेयर पार्ट्समा ७ प्रतिशत छुट, लेवर चार्जमा १५ प्रतिशत र लुब्रिकेन्ट्समा ५ प्रतिशत छुट पाइनेछ । साथै, डेन्टपेन्टमा १५ प्रतिशत र एसि रिफिलमा ५० प्रतिशत छुटको व्यवस्था गरिएको छ ।

You might also like

Comments are closed.