नेप्से परिसूचकमा दोहोरो अङ्कको वृद्धि

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज भने दोहोरो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १६ दशमलव २९ अङ्कले उकालो लागेर २ हजार ५३ दशमलव ३८ मा पुगेको छ ।

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ३ दशमलव शुन्य १ अङ्कले उकालो लागेर ३६१ दशमलव ७७ मा पुगेको छ । कूल ७१ लाख ६५ हजार ७३५ कित्ता शेयर रु २ अब ९९ करोड ९९ दलाख ६५ हजार २१ मूल्यमा खरिद बिक्री भएको छ ।

नेप्सेका अनुसार हिमालयन ऊर्जा विकास कम्पनी ९ दशमलव ७४, दोर्दी खोला जलविद्युत् कम्पनी ८ दशमलव ४७, कर्पोरेट डेभलपमेन्ट बैंक ७ दशमलव ५२, हिमालयन बैंकको ऋणपत्र ७ दशमलव ४८ र सानिमा बैंकको ऋणपत्रका लगानीकर्ताले ७ दशमलव शुन्य ७ प्रतिशतले कमाएका छन् ।

नेपाल फाइनान्स १०, मैलुङ खोला जलविद्युत् कम्पनी ८ दशमलव ४४, स्वाभिमान लघुवित्त ३ दशमलव ९७, कुमारी सबल योजना ३ दशमलव ६० र मनकामना स्मार्ट लघुवित्तका लगानीकर्ताले ३ दशमलव ४३ प्रतिशतले गुमाएका छन् । रासस

You might also like

Comments are closed.