जुम्लाको तिला गाउँपालिकामा ८३ मध्ये ६१ योजना सम्पन्न

जुम्ला । जुम्लाको तिला गाउँपालिकाले पालिकाले चालु आर्थिक वर्ष २०८०/८१ मा विभिन्न ६१ वटा विकासे योजना सम्पन्न गरिसकेको जनाएको छ ।

गाउँपालिका अध्यक्ष मोतीलाल रोकायाले ८३ मध्ये ६१ योजना निर्माणकार्य सम्पन्न भएको जानकारी दिए । निर्माण सम्पन्न भएका केही योजनाको भुक्तानी भइसकेको र ठेक्काबाट सञ्चालन भएका योजनाहरुको भने कार्यसम्पन्न प्रतिवेदन प्राप्त भएपछि भुक्तानी गरिने उनले बताए । पालिकाले आर्थिक वर्ष २०७९/८० मा १६५ वटा विकास आयोजना सम्पन्न गरेको थियो ।

महालेखापरीक्षकको ६१औँ वार्षिक प्रतिवेदनअनुसार तिलाका नौवटा वडा र पालिकास्तरमा गरी कूल १६५ योजना सम्पन्न भएका हुन् । तीमध्ये ५० लाखमाथिका १५ योजना, ५ लाखदेखि ५० लाखसम्मका १२० र लाखभन्दा कम लागतका ३० वटा आयोजना रहेका थिए । रासस

You might also like

Comments are closed.