उतारचढावबीच नेप्से परिसूचक ४७ दशमलव ०४ अङ्कले बढ्यो

काठमाडौं । तीव्र उतारचढावका बीच आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ४७ दशमलव ०४ अङ्कले बढेको छ । आज नेप्से परिसूचक २ दशमलव २९ प्रतिशतले बढेर २१ सय दशमलव ४३ को बिन्दुमा कायम भएको हो ।

आजको कारोबार सुरु भएलगत्तै परिसूचक ४ प्रतिशतले बढेपछि पहिलो पटक २० मिनेटका लागि कारोबार स्थगित भएको थियो । नेप्सेको नियमअनुसार दोस्रोपटक कारोबार सुरु भएको एक मिनेटमै परिसूचक थप १ प्रतिशत बिन्दुले बढेर ५ प्रतिशत पुगेपछि कारोबार अर्को ४० मिनेटका लागि बन्द भएको थियो ।

आजको कारोबारमा विभिन्न ३१५ कम्पनीको एक करोड १६ लाख ४५ हजार ९०५ कित्ता शेयर ६० हजार ७२० पटक खरिदबिक्री हुँदा रु ४ अर्ब ५७ करोड ६८ लाख ३१ हजार ७२० बराबरको कारोबार भएको छ ।आज सबै समूहको उपसूचक बढेको छ ।

सबैभन्दा धेरै उत्पादन तथा प्रशोधन ३ दशमलव ३०, व्यापार ३ दशमलव १२ र बैंकिङ ३ दशमलव ०३ प्रतिशतले बढेको छ । त्यस्तै, विकास बैंक २ दशमलव ०१, वित्त २ दशमलव ११, होटल तथा पर्यटन १ दशमलव ०९, जलविद्युत् १ दशमलव ८०, लगानी दशमलव ३१ र जीवन बीमा २ दशमलव १७ प्रतिशतले बढेको छ । लघुवित्त १ दशमलव ४५, म्युचुअल फण्ड ० दशमलव ३६, निर्जीवन बीमा २ दशमलव ४३ र अन्य समूह १ दशमलव ७३ प्रतिशतले बढेको छ ।

आजको कारोबारमा सबैभन्दा धेरै हिमालयन डिस्टलरी लिमिटेडको शेयर मूल्य ८ दशमलव ५४ र समाज लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य ६ दशमलव ९६ प्रतिशतले बढेको छ । शेयर मूल्य घट्नेमा भने सबैभन्दा धेरै उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडको ६ दशमलव ४६ र हिमालयन ऊर्जा विकास कम्पनीको ६ दशमलव २१ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको रु १२ करोड ३३ लाख ८५ हजार ५६९ र कारोबार भएका शेयर सङ्ख्याका आधारमा सबैभन्दा धेरै सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडको प्रमोटर शेयर ३ लाख ६६ हजार ५ सय कित्ता शेयर किनबेच भएको छ । रासस

You might also like

Comments are closed.