अग्निपीडितलाई प्रवासी नेपालीको सहयोग

रामपुर (पाल्पा) । पूर्वखोला गाउँपालिका–६ हेक्लाङका अग्निपीडित ६ परिवारलाई प्रवासी नेपालीले सहयोग गरेका छन् ।

हङकङमा रहेका नेपालीले हङकङ मगर सङ्घ र पाल्पा श्रीनगर समाजले रु २ लाख ३० हजार नगद सङ्कलन गरेर पीडितलाई प्रदान गरेका हुन् ।

दुवै संस्थाले अग्निपीडित परिवारलाई राहतस्वरुप उक्त रकम लत्ताकपडा उपलब्ध गराएका हुन् । गत वैशाखामा भएको आगलागीबाट हेक्लाङ खुमडाँडाका ६ वटा घर नष्ट थिए । आगो जङ्गलबाट फैलिएको हो ।

दातृ संस्थाका पदाधिकारी, पूर्वखोला गाउँपालिकाका अध्यक्ष नुनबहादुर थापा, अन्तर्राष्ट्रिय बिपी चिन्तन प्रतिष्ठानका अध्यक्ष सन्दीप राना, आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका सदस्यको उपस्थितिमा नगद र लत्ताकपडा प्रदान गरिएको हो । रासस

You might also like

Comments are closed.