नेपाल लाइफको २३औँ र २४औँ वार्षिक साधारण सभा सम्पन्न

नेपाल लाइफ इन्स्योरेन्सको २३ औँ र २४औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीका सञ्चालक समितिका अध्यक्ष गोबिन्दलाल संघईको अध्यक्षतामा बीरगञ्जको भिष्वामा सम्पन्न भएको छ ।

अध्यक्ष संघईले प्रस्तुत गरेको आ.व.२०७८/७९ र आ.व. २०७९/८० को वार्षिक कार्य प्रगति प्रतिवेदनहरु छलफल गरी पारित गरिएको छ । लेखापरीक्षकको प्रतिवेदन सहितको आ.व.२०७८/७९ र आ.व.२०७९/८० को वासलात, नाफा–नोक्सान हिसाव र सोही अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणमाथि छलफल गरी स्वीकृत गरिएको छ । त्यसैगरी आ.व.२०७९/८० को लागि लेखापरीक्षक एस.ए.आर. एशोसिएट्सलाई गरिएको नियुक्ति र निजको पारिश्रमिकलाई अनुमोदन गरिएको छ ।

यस सभाले आ.व. २०८०/८१ को लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गरेको छ । साधारण सभाले आ.व. २०७९/८० को वितरण योग्य मुनाफाबाट सञ्चालक समितिले प्रस्ताव गरेबमोजिम हाल कायम रहेको चुक्ता पूँजीको २१.०५% (कर प्रयोजनसहित) का दरले हुन आउने रु.एक अर्ब ७२ करोड ७९ लाख ९२ हजार ९४९ बराबरको नगद लाभांश दिने प्रस्ताव सर्वसम्मतिबाट पारित गरेको छ । साधारण सभाले सञ्चालक समितिमा संस्थापक समूह (क) का शेयरधनीबाट ३ जना सञ्चालक, सर्वसाधारण समूह (ख) का शेयरधनीको तर्फबाट ३ जना सञ्चालक तथा १ जना स्वतन्त्र सञ्चालक हुने गरी समूहगत प्रतिनिधित्व सम्बन्धमा नियमावलीमा संशोधन प्रस्ताव पारित गरिएको छ ।

jutta mela

कम्पनीका सञ्चालक कमलेशकुमार अग्रवालले शेयरधनीबाट प्रस्तुत भएका जिज्ञासा तथा सुझावको सन्दर्भमा सञ्चालक समितिको धारणा प्रस्तुत गर्दै शेयरधनीको सकारात्मक सुझावलाई कम्पनीको विकासको निम्ति अवलम्बन गर्न सदैव तयार रहेको बताए । प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले आ.व. २०७८/७९ र आ.व.२०७९/८० मा आएका चुनौतीलाई अवसरमा परिणत गरी हासिल गरिएका व्यावसायिक उपलब्धि र भावी योजनाहरु बताए । देशको अर्थतन्त्र साथै व्यावसायिक क्षेत्र संकटान्मुख अवस्थामा रहेको परिस्थितिमा पनि यस कम्पनीले कुल बीमा शूल्क आर्जनका आधारमा आ.व २०७८/७९ मा नेपालको समग्र जीवन बीमा बजारको २५.५९ प्रतिशत र आ.व. २०७९/८० मा २६.०६ प्रतिशत बजार हिस्सा ओगट्न सफल भएको उनी बताउँछन् ।

२०८१ जेठ मसान्त सम्ममा यस कम्पनीको लगानी रु. २००.५४ अर्ब रुपैयाँ रहेको छ भने जीवन बीमाकोष १८९ अर्ब १८ करोड रुपैयाँ र शेयरधनी कोष ११ अर्ब ६६ करोडभन्दा बढी रहेको छ । कम्पनीले आफ्ना सेवाग्राही तथा ग्राहकका लागि देशभर फैलिएका हाल १९३ कार्यालय सञ्जालमार्फत जीवन बीमासम्बन्धी सम्पूर्ण सेवा उपलब्ध गराइरहेको छ ।

कम्पनीले हालसम्म रु २५९.८३ अर्ब रुपैया बीमा शुल्क आर्जन गरेको छ भने रु ७८.७६ अर्ब दावी भुक्तानी गरेको छ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले २४ वटा बीमा योजना अन्तर्गत ३५,५२,४१४ बीमालेख जारी गरिएको छ । ग्राहकको हितलाई ध्यानमा राखी यस कम्पनीले समयसापेक्ष आवश्यक थप सेवा तथा सुविधा समेत उपलब्ध गराउँदै जाने प्रतिबद्धता व्यक्त गरेको छ ।

You might also like

Comments are closed.