काठमाडौँको रेञ्ज लाई उछिन्दै उत्कृष्ट वाट्ट आवर निकाल्न सफल

बुटवल भैरहवामा नेक्सन ईभी रेन्ज टेस्ट सम्पन्न

काठमाडौँ।“नेक्सन् इभी रेन्ज टेस्ट २०२३” प्रदर्शनात्मक कार्यक्रम बुटवल–भैरहवामा सम्पन्न भएको छ ।

वातावरणको संरक्षण तथा देशको दिगो आर्थिक विकासको लागि विद्युतिय गाडीहरूको उपयोगमा प्रोत्साहन एवम् प्रवर्द्धन गर्ने लक्ष्यसहित नेपालको लागि टाटा मोटर्स् सिप्रदी ट्रेडिङ प्रा. लि. र टाटा मोटर्स् को सह–आयोजनामा उक्त प्रदर्शनात्मक  कार्यक्रम  गरिएकाे हाे ।

बुटवल–भैरहवा सडकमा ३९७ किमी सम्म नेक्सन ईभीको रेन्ज निकाल्न सफल सुवास खड्काले काठमाडौँको सलिम श्रेष्ठको ३४७ कि मि रेञ्ज लाई उछिन्दै ७६ को उत्कृष्ट वाट्ट आवर निकालेर प्रथम भएका छन् ।

३८७ किमि रेन्ज निकालेर गोपाल शर्मा दोश्रो भएका थिए । त्यसै गरी ३७८ किमि रेन्ज निकाल्न सफल सुवोध भट्टराई तेस्रो स्थानमा पाएका थिए ।इभी रेन्ज टेस्ट २०२३ नाम दिइएको यस अभियानमा टाटा नेक्सन इभी हुने ग्राहकहरुको उल्लेख्य एवम् उत्साहजनक सहभागिता रहेको थियो ।

कार्यक्रममा उत्कृष्ट तरिकाले इभी चलाई अधिकतम रेन्जका आधारमा विद्युतिय इन्धन खपत गर्न सक्ने उत्कृष्ट सहभागीहरुलाई श्रेष्ठताको आधारमा वर्गीकरण गरी कम्पनीको तर्फबाट विभिन्न आकर्षक पुरस्कार एवम् प्रशंसा पत्र प्रदान गरिएको थियो ।कम्पनीका प्यासेन्जर भेहिकल प्रमुख शावन्त जंग सिजापतीले विद्युतिय गाडीहरूको उपयोगिता, प्रभावकारिता एवम् आर्थिक पक्षमा पार्ने सकारात्मक प्रभावहरुका बारेमा जनचेतना फैलाउने र विद्युतिय गाडीहरू प्रति ग्राहकवर्गको दुबिधालाई हटाइ यसबाट मिल्ने सुविधाको बारेमा विश्वस्त बनाउने उद्देश्यले यस किसिमको कार्यक्रमको आयोजना गरिएको बताएका थिए ।
पौष ३० गते शनिबार, सिप्रदी ट्रेडिङ पथरडाँडाबाट समुद्घाटन गरिएको कार्यक्रम भैरहवा स्थित बुद्ध चोक, देवकोटा चोक, गौतमबुद्ध अन्तराष्ट्रिय बिमानस्थल हूदैै बुटवल बजार परिव्रmमा गरी सिदार्थ कटेजमा पुगेर समापन गरिएको थियो । उक्त कार्यक्रममा ४० भन्दा बढी नेक्सन ईभीको सहभागिता रहेको थियो ।

lcci
You might also like

Comments are closed.