ङादी ग्रुप पावरले १२ लाख ५७ हजार कित्ता सेयर असोज २ गतेदेखि लिलामी गर्दै

काठमाडौं ।  ङादी ग्रुप पावर लिमिटेडले सर्वसाधारण समूहको १२ लाख ५७ हजार २९० कित्ता सेयर लिलामी गर्ने भएको छ । ङादी ङादी ग्रुप पावर असोज २ गतेदेखि सर्वसाधारण समूहको १२ लाख ५७ हजार २९० कित्ता सेयर लिलामी विक्रि खुला गर्न लागेको हो ।

कम्पनीले साउन १८ गते देखि १५० प्रतिशत हकप्रद शेयर निष्कासन गरेको थियो । उक्त समयभित्र आवश्यकता अनुसार हकप्रद सेयर नबिकेपछि कम्पनीले बाँकी रहेको उक्त सेयर लिलामीमा ल्याउन लागेको हो ।

उक्त सेयरमा न्युनतम मूल्य मूल्य रु. १०० तोकिएको हुँदा लगानीकर्ताले सो मूल्य वा सोभन्दा बढि मूल्य अंकित गरी बोलकबोल माध्यमबाट आवेदन दिनुपर्नेछ ।लिलामी सेयरमा असोज १३ गतेसम्म आवेदन दिन सकिने छ । उक्त शेयरमा न्यूनतम १०० कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ ।

उक्त सेयरमा विक्री प्रबन्धक सिद्धार्थ क्यापिटल नारायणचौर, नक्साल, काठमाडौंबाट आवेदन दिन सकिनेछ । यसका साथै, सिद्धार्थ बैंक लिमिटेडका शाखा कार्यालयहरु विराटनगर, विर्तामोड, वीरगञ्ज , जनकपुर, पोखरा, बाग्लुङ्ग, बुटवल, घोराही, नेपालगन्ज, सुर्खेत, घनगढी र महेन्द्रनगरबाट पनि आवेदन दिन सकिनेछ।

You might also like

Comments are closed.