एनआईसी एसिया बैंंकले कमायो ३ अर्ब २७ करोड नाफा

काठमाडौं ।  एनआई सी एसिया बैंंक लिमिटेडले दोस्रो त्रैमासमै ३अर्ब  ७ करोड नाफा कमाउन सफल भएको छ ।चालु आर्थिक वर्ष २०७९/८० को दास्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण प्रकाशित अनुसार बैंकले खुद मुनाफातर्फ ३ अर्ब २७ करोड आर्जन गर्न सफल भएको हो । जुन खुद मुनाफा बृद्धिदर ३६ प्रतिशत हो ।

यस बैंकले  दोस्रो त्रैमाससम्ममा २६६.६८ अर्ब रुपैयाँ कर्जा प्रवाह गर्न सफल भएको छ । यस्तै, ३०८.७० अर्ब निक्षेप संकलन गर्न बैंक सफल भएको छ । बैंकले कर्जा व्यवसायतर्फ कुल कर्जा रकम २६६.६८ अर्ब रुपैयाँ पुर्‍याउन सफल भएको छ । साथै, निक्षेपतर्फ कुल निक्षेप संकलन ३०८.७० अर्ब पुगेको छ ।

यसैगरी यो बैंकको स्व–पुँजीमा प्रतिफल (आरओइ) २४.७५ प्रतिशत रहेको छ । साथै, यस बैंकले वार्षिक प्रति सेयर आम्दानी ५६.७७ रुपैयाँ आर्जन गर्न बैंक सफल भएको छ । स्व–पुँजीमा प्रतिफल र प्रतिसेयर आम्दानी २२ वटै वाणिज्य बैकहरूमध्ये सबैभन्दा बढी रहेको अनुमान बैंकले गरेको छ ।

बैंकले कर्जा असुलीमा निकै उत्साहजनक नतिजा हासिल गर्न सफल भई निष्क्रिय कर्जा अनुपातलाई दोस्रो त्रैमाससम्ममा ०.६१ प्रतिशतमा सीमित राख्न बैंक सफल भएको देखिएको छ । बैंकले कुल कर्जा लगानीको अंशमा करिब ८५ प्रतिशत साना, मझौला र रिटेल प्रकारका रणनीतिक क्षेत्रहरूमा कर्जा विस्तार गरेको छ ।

यस बैंकले मुलुकभर ३५९ शाखा कार्यालयहरू, ४७३ एटिएम, १०५ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखा रहित शाखा सञ्जाल विस्तार गरेको छ । बैंकले दोस्रो त्रैमाससम्ममा ३ लाखभन्दा बढी नयाँ ग्राहकहरू थप गर्दै ३५ लाखभन्दा बढी ग्राहक संख्या पुर्याएको छ ।

You might also like

Comments are closed.