एन आई सी एशिया बैंकले ग्राहकलाई कर्जा छुट दिने

काठमाडौं । एन आई सी एशिया बैंकले ऋणीलाई बिशेष छुट योजना ल्याएको छ । ग्राहकलाई बैंकको कर्जामा परेको असरलाई न्यूनीकरण गर्न गत चैत मसान्त सम्ममा भाखा नाघेका कर्जा सम्बन्धित ऋणीले सम्पूर्ण कर्जा रकम यही असार महिना भित्रमा चुक्ता भुक्तान गरेमा जरिवना रकममा शत प्रतिशत छुट दिइने भएको छ ।

साथै साधारण वक्यौता ब्याज रकममा समेत विभिन्न छुट प्रदान गर्ने योजना बैंकले ल्याएको छ । ९१ दिनदेखि १८० दिन १५ प्रतिशत, १८१ दिनदेखि ३६५ दिन २५ प्रतिशत, ३६५ दिनभन्दा बढि ३५ प्रतिशत ब्याज रकम छुट दिने बैंकले जनाएको छ ।

मासिक तथा त्रैमासिक किस्ताबन्दीमा भुक्तानी हुने वा चालूपुँजी कर्जा तथा अन्य रिभल्विङ प्रकृतिका कर्जा लगायत बैंकबाट प्रवाह भएका कुनैपनि प्रकारका कर्जामा आर्थिक शिथिलताका कारणले मर्कामा परेका ग्राहकले यस योजनामा सहभागी भई लाभ लिन सक्नेछन् । राष्ट्रिय अर्थतन्त्रको हितको निमित्त सबै सरोकारवालाले आ–आफ्नो हिसाबले योगदान पु¥याउनुपर्ने आजको टड्कारो आवश्यकतालाई सम्बोधन गर्न यस बैंकले ऋणीका लागि कर्जामा आकर्षक ब्याज छुटको व्यवस्था गरेको हो ।

बैंकले ल्याएको यस छुट योजनाबाट आर्थिक शिथिलताले समस्यामा परेका ग्राहकको वित्तीय भार कम गर्न केही हदसम्म भएपनि मद्दत पुग्ने विश्वास लिइएको छ । यस योजनाले देशको समग्र अर्थतन्त्रको पुर्नउत्थान एवं दीगो सबलीकरणमा समेत टेवा पुग्नेछ । यस बैंकले ‘बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ भन्ने मूल नाराका साथ उत्तरदायी बैंकिङको अभ्यास गर्दै आइरहेको छ ।

 

 

You might also like

Comments are closed.