एन आई सी एशिया लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृतमा जोशी

काठमाडौं । एन आई सी एशिया लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृतमा चोलराज शर्मा जोशी नियुक्त भएका छन् ।

संस्थाको सञ्चालक समितिको बैठकले जोशीलाई यही साउन ७ गतेबाट लागु हुने गरी संस्थाको प्रमुख कार्यकारी अधिकृतमा आगामी ४ वर्षका लागि नियुक्त गरिएको हो ।

नवनियुक्त प्रमुख कार्यकारी अधिकृत जोशीले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा २९ बमोजिम संस्थाका अध्यक्ष प्रकाशराज शर्मा समक्ष शपथ ग्रहण गरी आफ्नो पद बहाल गरेका छन् । लघुवित्त क्षेत्रमा करिब २९ वर्षको लामो कार्य अनुभव लिएका जोशीले मानविकी र सामाजिक विज्ञानमा स्नातकोत्तर उपाधि हासिल गरेका छन् ।

उनको दूरदर्शी नेतृत्व तथा कार्यानुभवबाट संस्थाले लिएको लक्ष्य हासिल गरी संस्थालाई लघुवित्त वित्तीय संस्थामाझ अग्रणी, सबल तथा सशक्त लघुवित्त संस्थाको रुपमा स्थापित गराउन अभैm थप सहयोग पुग्ने संस्थाको विश्वास रहेको छ ।

You might also like

Comments are closed.