एनआईसी एशियाको मोबाइल बैंकिङ नेपाल टेलिकमको नेटवर्कमा निःशुल्क चलाउन सकिने

काठमाडौं । डिजिटल मा अग्रणी स्थानमा रहि नविनतम प्रविधिद्वारा बैंकिङ सेवा तथा सुविधा प्रदान गर्दै आईरहेको एनआईसी एशिया बैंकले डिजिटल बैंकिङको प्रवर्द्धन गर्न आफ्नो मोबाइल बैंकिङ (NIC ASIA MoBank) एप, Website, iServe तथा Internet Banking नेपालकै ठूलो मोबाइल सेवा प्रदायक कम्पनी एनटिसि नेटवर्कमा निःशुल्क चलाउन सकिने सुविधा ल्याएको छ ।

यस सुविधामार्फत यस बैंकका ग्राहकहरूले नेपाल टेलिकमको डाटा प्रयोग गरी NIC ASIA MoBank एप, iServe, Website तथा Internet Banking सुविधाहरू निःशुल्क प्रयोग गर्न सक्ने छन् । साथै बैंकले यसअघि एनसेलको नेटवर्कमा पनि NIC ASIA MoBank एप,  iServe, Website तथा Internet Banking जस्ता सुविधाहरू निःशुल्क चलाउन सकिने व्यवस्था गरिसकेको छ । अब NTC र NCELL को निःशुल्क डाटा सुविधाको प्रयोग गरी यस बैंकका ग्राहकहरूले निम्नलिखित सेवाहरू उपभोग गर्न सक्ने छन्ः

-NIC ASIA MoBank एपः अन्तर बैंक रकम स्थानान्तरणआफ्नो खाताको जानकारीएकाउण्ट स्टेटमेन्टआन्तरिक रेमिट्यान्स पठाउने एवं बुझनेमुद्दती निक्षेप खोल्नेबैंकका शाखा तथा एटिएमको स्थान पत्ता लगाउनेमोबाइल टपअपयुटिलिटी बिल भुक्तानी, QR भुक्तानीई-कमर्श एक्टिभेसनआफ्नो गुनासोको सुनुवाई तथा Progress Tracking आदि जस्ता थुप्रै सुविधाहरू सहज रुपले निःशुल्क लिन सक्ने छन् ।

साथै, NIC ASIA MoBank मार्फत विभिन्न कम्पनीहरूले जारी गर्ने प्रारम्भिक सेयर (IPO) मा आवेदन दिन सकिनेछ । NIC ASIA MoBank प्रयोगकर्ताले कार्डबिनै एटिएमबाट नगद रकम झिक्न सकिने सुविधा (Cardless Withdrawal) को प्रयोग गर्न सक्ने छन् र एपमा रहेको ‘Customer Care’ बाट ग्राहकहरूले आफ्ना समस्या यथासिघ्र समाधान तथा उनिहरुका जिज्ञासालाई यथोचित सम्बोधन प्राप्त गर्न सक्नेछन् ।

-iServe: यस iserve.nicasiabank.com/home मार्फत मोबाइल बैंकिङ सेवाहरू (नयाँ आवेदनब्लकअनब्लक तथा पिन/पासवर्ड रिसेट)ग्राहक सम्बन्धी सेवाहरू (ब्यालेन्सको जानकारीचेक बुक आवेदनब्यालेन्स सर्टिफिकेट आवेदनएकाउन्ट स्टेटमेन्ट आवेदनमर्चेन्ट आवेदनमेरो सेयर तथा सिआरएन आवेदनबचत योजना परिवर्तन र Stop Cheque Payment)टेलर सेवाहरू (नगद तथा चेक डिपोजिट) र कार्ड सम्बन्धी सेवाहरू (ई–कमर्श दर्ताकार्ड ब्लककार्ड आवेदनप्रिपेड डलर कार्ड आवेदन, Debit Card Replacement आवेदन र Insta Buy) ग्राहकहरूले सरल तरिकाले लिन सक्नेछन् ।

-Website बैंकको वेबसाइट www.nicasiabank.com बाट ग्राहकहरूले यस बैंकबारे अधिकतम जानकारीहरू लिन सक्नेछन् । जसमा अनलाइन खाता आवेदनअनलाइन IPO आवेदन, Loan Benefit Calculator, EMI Calculator लगायत बैंकका अन्य सेवा सुविधाको जानकारीको साथै बैंकका पछिल्ला योजनाहरूसूचनालगायत बैंकले राख्ने विभिन्न वित्तीय विवरणहरूबारे यथेष्ट जानकारी प्राप्त गर्न सकिनेछ ।

-Internet Banking यसमार्फत अन्तर बैंक रकम स्थानान्तरणआफ्नो खाताको जानकारीएकाउण्ट स्टेटमेन्टमोबाइल टपअपयुटिलीटि बिल भुक्तानी लगायतका सुविधाहरू उपभोग गर्न सकिनेछ ।

बृहत भौतिक शाखा सञ्जालका साथै आधुनिक डिजिटल च्यानलहरूमार्फत सहजसबलगतिशीलविश्वसनीय एवं उत्तरदायी बैंकिङको नाता स्थापित गर्न सफल यस बैंकले ग्राहकहरूको सुविधा एवं डिजिटल बैंकिङमा ग्राहकहरूलाई अभ्यस्त पार्ने उद्देश्यअनुरुप ल्याएको यस निःशुल्क NIC ASIA MoBank, iServe, Website तथा Internet Banking प्रयोग सुविधा NTC र Ncell का ग्राहकहरूलाई उपलब्ध हुनेछ । साथैयी बाहेकका अन्य सेवाहरु लिदा वा डिभाइसको ब्याकग्राउण्डमा चल्न सक्ने अन्य एपहरुको हकमा दुरसञ्चार सेवा प्रदायक कम्पनीको नियमानुसार शुल्क लाग्नेछ ।

बैंक हाल मुलुकभर रहेका ३५९ शाखा कार्यालयहरू, ४७३ एटिएम, १०२ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखारहित बैंकमार्फत् बैंकिङ सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन पुगेको छ । देशको कुल जनसंख्या मध्ये २० वर्षदेखि ५० वर्ष उमेर समूहसम्मको आर्थिकरूपमा सक्रिय जनसंख्याको करिब २५ प्रतिशत जनतालाई यस बैंकमार्फत सेवा दिन बैंक सफल भएको छ ।

उत्तरदायी बैंकिङको अभ्यास गर्दै आएको यस बैंकले प्रत्यक्ष र अप्रत्यक्ष गरी गत आर्थिक वर्षमा करिब ३ अर्ब १६ करोड भन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरिसकेको छ । जुन मुलुकको वाणिज्य बैंकहरूमध्ये दोस्रो धेरै एवं समग्र देशको अन्य कम्पनीहरूको तुलनामा छैठौं ठूलो योगदान रहेको छ । देशको कुल जनसंख्याको ८० प्रतिशत भन्दा बढी बसोबास गर्ने ग्रामीण तथा साना सहरी क्षेत्रमा बैंकले आफ्ना ७२ प्रतिशत शाखा कार्यालयहरू स्थापना गरेको छ ।

You might also like

Comments are closed.