एनआईसी एशियाको मोबाइल बैंकिङ एप ओम्नी च्यानल एपमा स्तरोन्नति

काठमाडौं । डिजिटल बैंकिङमा अग्रणी स्थानमा रही नवीनतम प्रविधिद्वारा बैंकिङ सेवा तथा सुविधा प्रदान गर्दै आईरहेको एनआईसी एशिया बैंकले ओम्नी च्यानल एम प्रणालीमा आधारित मोबाइल बैंकिङ एप (NIC ASIA MoBank) को शुभारम्भ गरेको छ ।

‘डिजिटल फस्ट बैंक’ बन्ने दीर्घकालीन रणनीति अनुरुप सम्पूर्ण बैंकिङ सेवा तथा सुविधाहरू क्रमिकरुपले डिजिटल माध्यमबाट प्रदान गर्ने उद्देश्यले बैंकले यस ओम्नी च्यानल एपमार्फत जुनसुकै स्थान र समयमा स्मार्ट फोनबाटै अधिकतम बैंकिङ सेवाहरू उपभोग गर्न मिल्ने हिसाबले बैंकमा खाता भएका एवं नभएका ग्राहकहरूलाई लक्षित गर्दै उक्त नयाँ सेवाको शुभारम्भ गरेको हो ।

हालका NIC ASIA MoBank प्रयोगकर्ताहरूले वर्तमान NIC ASIA MoBank  एपलाई अपडेट गरी ओम्नी च्यानल एपमा स्तरोन्नति गर्न सक्ने छन् भने, नयाँ ग्राहकहरूले Play Store वा App Store बाट डाउनलोड गरी प्रयोग गर्न सक्नेछन् ।

‘सबथोक यसमै छ’ भन्ने नाराका साथ सुरु गरिएको ओम्नी च्यानल एपबाट ग्राहकहरूले अधिकतम बैंकिङ सेवाहरू सहज एवं सरलरुपमा उपभोग गर्न सक्ने छन् भने निकट भविष्यमा अझ बढी सेवाहरू यसै एपमार्फत दिने तयारी बैंकले गरिरहेको छ । स्तरोन्नति पश्चात् यस एपबाट ग्राहकहरूले नगद जम्मा तथा चेक जम्मा गर्न आवेदन दिनेदेखि नयाँ डेबिट कार्ड तथा प्रिपेड डलर कार्ड अनुरोध, मुद्दती खाता खोल्न, चेक अनुरोध, ई–कमर्श सुचारु, स्कीम ट्रान्सफर, लकर सुविधा लिनेलगातका धेरैभन्दा धेरै बैंकिङ सेवाहरू ओम्नी च्यानल एपमार्फत डिजिटल प्राप्त गर्न सक्नेछन् ।

साथै, यस बैंकमा खाता नभएका ग्राहकहरुले पनि यो एप डाउनलोड गरी डिजिटल वालेटको रुपमा प्रयोग गर्न सक्नेछन् । जसबाट समेत QR भुक्तानी, युटिलिटी बील भुक्तानीलगायत अनेकौं सेवा लिन सक्नेछन् । ग्राहकहरुको उक्त वालेटमा केवाईसी अद्यावधिक गरेपश्चात् भने सो वालेट प्रयोगकर्तालाई बैंकको खातावाला बन्नसमेत सकिने व्यवस्था रहेको बैंकका नायब प्रमुख कार्यकारी अधिकृत एवं प्रमुख सूचना अधिकारी सुधिरनाथ पाण्डेले विज्ञप्तिमार्फत जनाएका छन् । ।

बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, स्नेह र बैंकप्रतिको भरोसाले यो बैंक मुलुकभर रहेका ३५९ शाखा कार्यालयहरू, ४७३ एटिएम, १०२ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखारहित बैंकिङमार्फत् बैंकिङ सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन पुगेको छ ।

देशको कुल जनसंख्या मध्ये २० वर्षदेखि ५० वर्ष उमेर समूहसम्मको आर्थिकरूपमा सक्रिय जनसंख्याको करिब २५ प्रतिशत जनतालाई यस बैंकमार्फत सेवा दिन बैंक सफल भएको छ । उत्तरदायी बैंकिङको अभ्यास गर्दै आएको यस बैंकले प्रत्यक्ष र अप्रत्यक्ष गरी गत आर्थिक वर्षमा करिब ३ अर्ब १६ करोड भन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरिसकेको छ ।

जुन मुलुकको वाणिज्य बैंकहरूमध्ये दोस्रो धेरै एवं समग्र देशको अन्य कम्पनीहरूको तुलनामा छैठौं ठूलो योगदान रहेको छ । वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरूमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ । देशको कुल जनसंख्याको ८० प्रतिशतभन्दा बढी बसोबास गर्ने ग्रामीण तथा साना सहरी क्षेत्रमा बैंकले आफ्ना ७२ प्रतिशत शाखा कार्यालयहरू स्थापना गरेको छ ।

You might also like

Comments are closed.