काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालकमा मिलन सिग्देल नियुक्त भएका छन् ।
एनआईसी एशिया बैंक लिमिटेडको सञ्चालक समितिको बैठकको निर्णयानुसार सिग्देललाई संस्थापक समुहमा प्रतिनिधि सञ्चालक मनोनयन गरेबमोजिम यस संस्थाको सञ्चालक समितिको २१४औँ बैठकले उनलाई सञ्चालक पदको रिक्त रहेको कार्यकालसम्मको लागि नियुक्त गरेको बताइएको छ ।
नवनियुक्त सञ्चालक सिग्देलले संस्थाका अध्यक्ष सुवर्ण पौडेलबाट पद तथा गोपनियताको शपथ ग्रहण गरी आफ्नो पद बहाल गरेका छन् । करीब एक दशक भन्दा बढीको लेखापरीक्षण, बीमा तथा वित्तीय क्षेत्रमा कार्यानुभव भएको भएका सिग्देल पेशाले चार्टर्ड एकाउन्टेन्ट हुन् ।
उनको कार्यानुभवबाट संस्थाले लिएको लक्ष्य हासिल गरी संस्थालाई लघुवित्त वित्तीय संस्थाहरु माझ अग्रणी, सबल तथा सशक्त लघुवित्त संस्थाको रुपमा स्थापित गराउन अभैm थप सहयोग पुग्ने संस्थाको विश्वास रहेको छ ।
Comments are closed.