काठमाडौं । एन आई सी एशिया बैंकले ग्राहकमाझ छुट सम्बन्धी योजना सार्वजनिक गरेको छ । बैंकले आर्थिक शिथिलताका कारण बैंकको कर्जा ग्राहकमा परेको असरलाई न्यूनीकरण गर्न सघाउ पुर्याउने उद्धेश्यले सो योजना ल्याएको हो ।
२०८० चैत मसान्त सम्ममा भाखा नाघेका कर्जाको हकमा सम्बन्धित ऋणीले सम्पूर्ण कर्जा रकम २०८१ असार महिनाभित्रमा चुक्ता भुक्तान गरेमा जरिवाना तथा हर्जाना रकममा शत प्रतिशत छुट र साधारण वक्यौता ब्याज रकममा समेत छुट प्रदान गर्ने योजना ल्याएको बैंकले जनाएको छ ।
९१ दिनदेखि १८० दिन भाखा नाघेको साधारण व्याज रकममा १५ प्रतिशत छुट, १८१ दिनदेखि ३६५ दिनसम्म भाखा नाघेको साधारण व्याज रकमा २५ प्रतिशत छुट र ३६५ दिनभन्दा बढि भाखा नाघेको साधारण व्याज रकममा ३५ प्रतिशत छुट दिइने भएको छ ।
मासिक तथा त्रैमासिक किस्ताबन्दीमा भुक्तानी हुने वा चालूपुँजी कर्जा तथा अन्य रिभल्विङ प्रकृतिका कर्जाहरू लगायत बैंकबाट प्रवाह भएका कुनैपनि प्रकारका कर्जामा आर्थिक शिथिलताका कारणले मर्कामा परेका ग्राहकले यस योजनामा सहभागी भई लाभ लिन सक्नेछन् । बैंकले ऋणीका लागि कर्जामा आकर्षक ब्याज छुटको व्यवस्था गरेको हो ।
बैंकले ल्याएको यस छुट योजनाबाट आर्थिक समस्यामा परेका ग्राहकको वित्तीय भार कम गर्न मद्दत पुग्नेछ । देशको समग्र अर्थतन्त्रको पुर्नउत्थान एवं दीगो सबलीकरणमा समेत टेवा पुग्ने बैंकले विश्वास लिएको छ । यस बैंकले ‘बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ भन्ने मूल नाराका साथ उत्तरदायी बैंकिङको अभ्यास गर्दै आइरहेको छ ।
Comments are closed.