एन आई सी एशिया बैंकका ग्राहकलाई लन्डन ब्रिज गार्डेन रिसोर्टमा छुट

काठमाडौं । एन आई सी एशिया बैंकका ग्राहकलाई नवलपरासी बर्दघाटस्थित लन्डन ब्रिज गार्डेन रिसोर्ट छुट दिइने भएको छ ।

सो सम्बन्धमा रिसोर्ट र बैंकबीच एक समझदारी गरिएको छ । बैंकका ग्राहकले लन्डन रिसोर्टमा सेवा लिई डिजिटल भुक्तानी गर्दा १० प्रतिशत छुट प्राप्त गर्न सक्ने समझदारी पत्रमा उल्लेख छ ।

सो सुविधा लिन ग्राहकले एन आई सी एशिया बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबैंक एप मार्फत भुक्तानी गर्नुपर्नेछ ।

यस सहकार्यले ग्राहकलाई छुट सुविधा उपलब्ध हुनुका साथै मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवद्र्धन गरी नगदरहित कारोबारमा सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।

You might also like

Comments are closed.