काठमाडौं । एन आई सी एशिया बैंकका ग्राहकलाई वण्डर्स नेपाल प्रालिद्वारा सञ्चालित स्काइवाक टावरमा छुट दिने भएको छ । छुट सम्बन्धमा कम्पनी र बैंकबीच सम्झौता गरिएको छ ।
यस समझदारीसँगै यस बैंकका ग्राहकले काठमाडौं, कमलादीमा रहेको स्काइवाक टावरमा सेवा लिई डिजिटल भुक्तानी गर्दा २५ प्रतिशत छुट प्राप्त गर्न सकिनेछ । ग्राहकले यस बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबैंक एप मार्फत भुक्तानी गर्नुपर्ने छ ।
सो कम्पनीसँगको यस सहकार्यले ग्राहकलाई छुट सुविधा उपलब्ध हुनुको साथै मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवद्र्धन गरी नगदरहित कारोबारमा सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।








Comments are closed.