काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको लुम्बिनी प्रदेश (क) कार्यालयले लुम्बिनी प्रदेशका शाखामा कार्यरत सम्पुर्ण फिल्ड कर्मचारीहरुका लागि प्रभावकारी फिल्ड व्यवस्थापन सम्बन्धी क्षमता अभिबृद्धि तालिम दिएकाे छ ।
उक्त कार्यालयले चरणबद्ध रुपमा सो क्षेत्रका भुताहा, बोडगाउँ, डुमरा, हाकुई, बेथरी तथा हार्थोक आदि स्थानहरुमा उक्त तालिम सञ्चालन गरेको थियो ।
संस्थाको शाखा कार्यालयहरुमा कार्यरत सम्पुर्ण कर्मचारीहरुलाई लघुवित्त र यसको महत्व, संस्थाले समुदायस्तरमा प्रदान गर्दै आइरहेको वित्तीय तथा गैरवित्तीय कार्यक्रमहरु, संस्थाको नीति बमोजिम कसरी कार्यक्रम संचालन तथा सेवा प्रवाह गर्ने, सरल, सुलभ र ग्राहक सदस्यमुखी सेवा प्रवाहमा जोड तथा ग्राहक सदस्यहरुलाई उनीहरुको वित्तीय कारोवार गर्न सक्ने क्षमता तथा व्यवसायको विश्लेष गरी सोही अनुरुपको कर्जा प्रवाह गरी कसरी उनीहरुलाई आयआर्जनमुखी तथा व्यवसायमुखी बनाउने, वित्तीय सेवाका अलावा सदस्यहरुलाई प्रदान गरिने क्षमता अभिवृद्धि सम्बन्धी कार्यक्रमहरु साथै हाल लघुवित्तमा देखिएका समस्या तथा त्यसको समाधान कसरी गर्ने आदि विषयहरुको बारेमा उक्त क्षमता अभिबृद्धि सम्बन्धी तालिम संचालन गरिएको संस्थाका लुम्बिनी प्रदेश (क) प्रमुख अमर नाथ सेढाईंले बताए ।
संस्थाका लुम्बिनी प्रादेशिक कार्यालय (क) का प्रमुख अमर नाथ सेढाईं, उप प्रादेशिक कार्यालयका प्रमुखहरु लव सुदन सिंह तथा दिपक अधिकारी आदिले सहजीकरण गर्नुभएको उक्त तालिममा प्रदेश कार्यालय अन्तर्गतका १सय ३ जना फिल्ड कर्मचारीहरुको उपस्थिती रहेको थियो ।
यस्ता कार्यक्रम संचालनबाट संस्थाद्धारा संचालित वित्तीय तथा गैह्रवित्तीय कार्यक्रम तथा सेवाहरु सरल, सहज तथा उपलब्धीमुलक रुपमा प्रवाहमा हुनेमा संस्था विश्वस्त रहेको समेत प्रदेश प्रमुख सेढाईले बताए । काभ्रेको बनेपामा कर्पोरेट कार्यालय भई देशको सातै प्रदेशका ७४ जिल्लाहरुमा शाखा विस्तार गरी २८७ शाखाहरुमार्फत सेवा प्रवाह गर्दै आएको छ ।
Comments are closed.