एनआईसी एशिया बैंकका १० वटा क्यास डिपोजिट मेसिन सञ्चालनमा

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले १० वटा क्यास डिपोजिट मेसिन (सीडीएम) सञ्चालनमा ल्याएको छ। बैंकले काठमाडौंको न्युरोड शाखा, कमलादी शाखा, खिचापोखरी शाखा, त्रिपुरेश्वर शाखाका साथै रजिष्टर्ड अफिस (थापाथली) शाखामा सीडीएम मेसिन सुरु गरेको हो।

त्यस्तै रुपन्देहीको बुटबल शाखा, पोखरा महेन्द्रपुल शाखा, धनगढी चौराहा शाखा, विराटनगर शाखा र पर्सास्थित वीरगञ्ज शाखामा सीडीएम मेसिन सञ्चालनमा ल्याएको छ। मेसिनबाट पाँच सय र एक हजार दरका नोट गरी एकपटकमा ९९ हजार ५ सय रुपैयाँ र दैनिक ९ लाख ९९ हजार ५ सयसम्म जम्मा गर्न सकिने छ।

क्यास डिपोजिट मेसिनबाट भौचर नभरी खाता र मोबाइल नम्बरका आधारमा रकम जम्मा गर्न सकिन्छ। तर मेसिनबाट बैंकिङ समयभित्र मात्रै नगद जम्मा गर्न सकिने बैंकले जनाएको छ।

You might also like

Comments are closed.