काठमाडौं । नेपालमा आइसक्रिम उत्पादनको रूपान्तरण सम्बन्धमा एक प्रभावशाली कार्यक्रम काठमाडौंमा सफलतापूर्वक सम्पन्न भएको छ । सग्तानी ग्रुप, LAIEF Ice Cream Machineries र नेपाल–इटाली उद्योग वाणिज्य संघको सहकार्यमा कार्यक्रम गरिएको हो ।
कार्यक्रममा नेपाल र इटालीका खाद्य उद्योगका विज्ञ, उद्यमी र सरोकारवाला लगायत सहभागी थिए । इटालीका प्रमुख ब्राण्डहरू LAIEF, Technoice, Packint र Cold Car—ले उत्पादनदेखि ढुवानीसम्मका अत्याधुनिक, दिगो र प्रभावकारी प्रविधिहरू प्रदर्शन गरेका छन् ।
यो सहकार्यले नेपालमा फ्रोजन डेजर्ट उद्योगको विकासमा नयाँ चरणको सुरुवात गर्नुका साथै नेपाल–इटालीबीचको औद्योगिक तथा व्यापारिक सम्बन्धलाई थप मजबुत बनाएको छ ।
Comments are closed.