काठमाडौं । निमास एजुकेशन प्रा.लि. १२ वर्ष पुरा गरी १३औं वर्षमा प्रवेश गरेको छ । काठमाडौंको बागबजारमा प्रधान कार्यालय रहेको कम्पनीले उच्च शिक्षा अध्ययनका लागि विदेश जान चाहने विद्यार्थीलाई बिगत १३ वर्षदेखि परामर्श सेवा प्रदान गर्दै आइरहेको छ ।
कम्पनीले अष्ट्रेलिया, न्युजील्याण्ड, क्यानडा, अमेरिका, युके, चाइनामा अध्ययन गर्न जाने विद्यार्थीलाई परामर्श सेवा प्रदान गर्दै आइरहेको प्रवन्ध निर्देशक गीता रिजालले जानकारी दिइन् । ‘परामर्शसँगै भिसा प्रक्रिया, टेष्ट र इन्ट्रान्स तयारी कक्षासमेत सञ्चालन गर्दै आइरहेको छौं,’ उनले भनिन् ।
निमास एजुकेशन आइएसओ ९००१–२०१५ सर्टिफाइड कम्पनी हो । अन्तर्राष्ट्रियस्तरमा रिकग्नाइज एजेन्सीका रुपमा आफूहरुले काम गरिरहेको निर्देशक सरोज थापाले बताए । पिआइआर, आइसिएफ, एजुकेशन न्युजील्याण्ड, युएसएटिसी, सिसिए, आइएसएएनए, जस्ता अन्तर्राष्ट्रिय संस्थाबाट पनि निमास एजुकेशन रिकग्नाइस संस्था हो ।
‘विदेशस्थित प्रतिष्ठित युनिभर्सिटी तथा कलेजहरुमा विद्यार्थी पठाउन सफल छौं,’ उनले भने । कम्पनीका प्रवन्ध निर्देशक गीता रिजाल फेकनको पूर्व वरिष्ठ उपाध्यक्ष हुन् । शिक्षा मन्त्रालयको समन्वय समितिका सदस्य भएर पनि उनले काम गरिरहेकी छन् ।
वार्षिकोत्सवको अवसरमा विशेष छुटमा सेवा
वार्षिकोत्सवको अवसरमा कम्पनीले विशेष छुट अफर सार्वजनिक गरेको छ । पिटिई तथा आईएलटिएसको कक्षा निःशुल्क हुने कम्पनीले जनाएको छ । विदेश जान चाहने विद्यार्थीको प्रोसेसिङ शुल्क पनि निःशुल्क हुने कम्पनीले जनाएको छ । यो अफर चैत ३१ सम्म लागु हुने बताइएको छ ।
Comments are closed.