नेपाल माइक्रो इन्स्योरेन्सको बिक्री प्रबन्धकमा एनआइएमबि एस क्यापिटल नियुक्त

काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीको बिक्री प्रबन्धकमा एनआइएमबि एस क्यापिटल नियुक्त भएको छ ।

कम्पनीको आफ्नो जारी पूँजीको ३० प्रतिशतले हुन आउने रु.२२ करोड ५० लाख बराबरको कूल २२ लाख ५० हजार कित्ता साधारण शेयरहरु प्रति शेयर अंकित मूल्य रु १ सयका दरमा सर्वसाधारणमा निष्काशन गर्न यही साउन २१ गते धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकको कार्य गर्न एनआइएमबिलाई नियुक्त गरी सम्झौता गरिएको छ ।

न्यून आय भएका एवं पिछडिएका क्षेत्रका बासिन्दा र सिमान्तकृत समुदायका व्यक्तिलाई लघु बीमा सेवा पु¥याउने लक्ष्य लिई यस नेपाल माइक्रो इन्स्योरेन्सले २०७९ चैत २७ गते निर्जीवन लघु बीमाको इजाजत पत्र प्राप्त गरी लघु निर्जीवन बीमा कम्पनीको हैसियतले ०८० वैशाख २६ गतेदेखि लघु निर्जीवन बीमा सम्बन्धी कारोबार सञ्चालन गर्दै आइरहेको छ ।

सम्झौतापत्रमा निष्काशन कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत मृगेन्द्रनाथ रिमाल र निष्काशन तथा बिक्री प्रबन्धकका तर्फबाट महाप्रबन्धक सचिन्द्र ढुङ्गानाले हस्ताक्षर गरेका छन् ।

 

You might also like

Comments are closed.