राष्ट्रपति पौडेललाई आयोगद्वारा उपराष्ट्रपति निर्वाचनको प्रतिवेदन हस्तान्तरण

काठमाडौं । निर्वाचन आयोग नेपालले आज सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेल समक्ष यही चैत्र ३ गते सम्पन्न उपराष्ट्रपति निर्वाचनको प्रतिवेदन बुझाएको छ ।

राष्ट्रपति भवन शितल निवासमा एक समारोहका बीच आयोगका प्रमुख आयुक्त दिनेश थपलियाले राष्ट्रपति पौडेललाई सो प्रतिवेदन बुझाएका हुन् ।

सो क्रममा सम्माननीय राष्ट्रपतिले स्थानीय तहदेखि राष्ट्रपति/उपराष्ट्रपतिको निर्वाचन सम्पन्न हुँदा लोकतान्त्रिक अभ्यास परिपक्क बन्दै गएको बताए । साथै उनले सवै निर्वाचन निर्वाध, निष्पक्ष र शान्तिपूर्णरुपमा सम्पन्न गरेकोमा आयोग र सरोकारवाला निकाय सबैलाई धन्यवाद समेत व्यक्त गरेका थिए ।

प्रमुख आयुक्त थपलियाले यो वर्ष आयोगको लागि निर्वाचन वर्ष भएको चर्चा गर्दै उपराष्ट्रपति निर्वाचनका बारेमा विस्तृत जानकारी गराएका थिए । सो क्रममा प्रमुख आयुक्त थपलिया, आयुक्तहरु रामप्रसाद भण्डारी, जानकीकुमारी तुलाधर, सगुनशम्सेर जबरा तथा आयोगका सचिव गोकर्णमणि दुवाडीको सहभागिता थियो ।

You might also like

Comments are closed.