काठमाडौं । नेपालमा निसान गाडीको आधिकारिक वितरक पायोनियर मोटोकर्पले ‘प्रि–मनसुन नेसनवाइड सर्भिस क्याम्प’ आयोजना गरेको छ । निसानको ‘ह्याप्पि विद निसान’ सर्भिस अभियानलाई नेपालमा पनि निरन्तरता दिँदै निसानका गाडीहरूको लागि बैशाख १० देखि १२ गतेसम्म ३ दिनका लागि देशव्यापी रुपमा सर्भिस क्याम्प आयोजना गरिएको छ ।
काठमाडौं, ललितपुर, भक्तपुर, चितवन, हेटौँडा, पोखरा, इटहरी, बुटवल, दाङ, नेपालगञ्ज, धनगढी, विर्तामोड, विरगञ्ज, सुर्खेत गरी निसानको देशभरका १६ वटा विभिन्न चेकपोइन्टहरूमा एकैसाथ क्याम्प सञ्चालन हुनेछ । ‘प्रि–मनसुन नेसनवाइड सर्भिस क्याम्प’ अन्तर्गत ग्राहकले निसान गाडीको चेक–अप तथा सर्भिसिङ गर्दा ७ आकर्षक लाभ तथा सुविधाहरू लिन सक्नेछन् ।
यी सुविधाहरू अन्तर्गत ग्राहकले ‘टप वास’ निःशुल्क प्राप्त गर्नेछन् भने जुनै सेवा लिँदा पनि कुनै ‘लेबर चार्ज’ तिर्नुपर्ने छैन ।
‘सस्पेन्सन, क्लच’जस्ता पार्टपूर्जा तथा निसानको ब्रान्डेड एक्सेसरिजमा २० प्रतिशत छुट प्राप्त गर्नेछन्, अनि १५ प्रतिशत छुटमा ‘बडी सप जब्स’ सुविधा लिन सक्नेछन् । लुब्रिकेन्ट, ‘फिल्टर पाट्र्स’ र ‘ब्रेकप्याड तथा सु’मा १० प्रतिशत छुटबाट लाभान्वित हुन सक्नेछन् ।
यो योजना ग्राहकका निसान गाडीको विशेष छुटका साथ चेक–अप तथा सर्भिसिङ गर्ने भव्य अवसर हो । यस क्याम्पअन्तर्गतका सुविधामा केही सर्तहरू लागू हुनेछन् । नेपालका लागि निसानको आधिकारिक वितरक पायोनियर मोटोकर्पले यस योजना अवधिभर दिइने विभिन्न निःशुल्क सुविधाले ग्राहकलाई मनसुनको लागि तयार रहन मद्धत गर्नेछ ।
Comments are closed.