एनएलजी इन्स्योरेन्सले १० प्रतिशत बोनस सेयर बितरण गर्ने

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले १० प्रतिशत बोनस सेयर बितरण गर्ने घोषणा गरेको छ ।

कम्पनीको ३८२ औं सञ्चालक समितिको बैठकले गरेको प्रस्तावअनुसार गत आर्थिक वर्षको नाफाबाट आफ्ना लगानीकर्तालाई चुक्ता पूँजी १ अर्ब ३२ लाख ६६ हजार रूपैयाँको १० प्रतिशत बोनस सेयर दिने भएको हो ।

कम्पनीको चुक्ता पूँजी १ अर्ब ३२ लाख ६६ हजार रूपैयाँको १० प्रतिशतले हुन आउने १३ करोड २६ लाख ६१ हजार रूपैयाँ बराबरको बोनस सेयर वितरण हुने कम्पनीले जनाएको छ ।

jutta mela

यस्तै, कम्पनीले कर प्रयोजनका लागि भनेर ०.५२६ प्रतिशतका दरले हुन आउने ६९ लाख ८२ हजार १८१ रूपैयाँ बराबरको नगद लाभांश दिने प्रस्ताव गरेको छ ।उक्त बैठकले गरेकाे लाभांश वितरणको प्रस्ताव आगामी वार्षिक साधारणसभाले स्वीकृत गर्नुपर्नेछ ।

You might also like

Comments are closed.