काठमाडौं । एनएमबि बैंकको २९ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
त्रिभुवन आर्मि अफिसर्स क्लब, टुँडिखेल काठमाडौंमा बैंकका सञ्चालक समितिका अध्यक्ष मनोजकुमार गोयलको अध्यक्षतामा साधारण सभा हो । सभामा बैंकका शेयरधनीले आ–आफ्नो विचार समेत व्यक्त गरेका छन् ।
बैंकको २०८१ असार सम्ममा खुद नाफा रु.२ अर्ब २४ करोड, निक्षेप रु.२२७.१० अर्ब र कर्जा रु.२०४.६१ अर्ब रहेको छ । बैंकले हाल देशभरी २०१ शखा, १८७ एटिएम र ११ एक्सटेन्सन काउन्टरहरू मार्फत बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।
Comments are closed.