एनएमबि बैंकको रुकुमको आठबीसकोटमा नयाँ शाखा विस्तार

काठमाडौं । एनएमबि बैंक लिमिटेडले आफ्नो शाखा सञ्जाललाई थप विस्तार गर्दै रुकुमको आठबीसकोटमा आफ्नो २०२औं शाखा उद्घाटन गरेको छ । उद्घाटन समारोह आठबीसकोट नगरपालिकाका नगरप्रमुख रवि केसी र एनएमबि बैंकका नायब महाप्रमुख प्रमोद दाहालले गरेका हुन् ।

नयाँ शाखा सञ्चालनले आठबीसकोट क्षेत्रका स्थानीय समुदायलाई सहज, सुरक्षित र गुणस्तरीय वित्तीय सेवा प्रदान गर्ने अपेक्षा गरिएको छ । व्यक्तिगत ग्राहक, व्यवसायी र स्थानीय संस्थाको आवश्यकता सम्बोधन गर्न यो शाखाले महत्वपूर्ण भूमिका खेल्नेछ । यस शाखाले क्षेत्रीय आर्थिक गतिविधि र विकासलाई थप गति दिन सहयोग गर्ने विश्वास गरिएको छ ।

एनएमबि बैंकले वित्तीय पहुँचलाई सहज बनाउन देशका विभिन्न भागमा आफ्ना शाखा स्थापना गर्दै आएको छ । बैंकले आफ्ना सेवा सञ्जाललाई विस्तार गरी स्थानीय उद्यमशीलता र समुदायको आर्थिक सशक्तिकरणमा योगदान पु¥याउँदै आएको छ । आठबीसकोट शाखाको उद्घाटनले बैंकको सञ्जाललाई अझ बलियो बनाएको छ ।

बैंकले हाल देशभर २०२ शाखा, १८६ एटीएम, र १० एक्स्टेन्सन काउन्टरमार्फत सेवा प्रदान गर्दै आएको छ । यस विस्तारले एनएमबि बैंकलाई नेपालको एक अग्रणी वित्तीय संस्थाको रूपमा स्थापित गरेको छ । जसले ग्राहकको आवश्यकता पूरा गर्न निरन्तर काम गरिरहेको छ ।

 

You might also like

Comments are closed.