काठमाडौं । एनएमबि बैंकले विश्व वित्तीय सप्ताह २०२५ को उपलक्ष्यमा देशभर वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । बैंकले देशको सबै प्रदेशका विभिन्न शाखामार्फत विभिन्न स्कुल तथा क्याम्पसमा वित्तीय साक्षरता कार्यक्रम गरिएको हो ।
बैंकले विभिन्न क्षेत्रमा प्रभातफेरी कार्यक्रममा समेत सहभागिता जनाएको छ । बैंकले आफ्नो सोसल मिडियामार्फत पनि विभिन्न सचेतना तथा अन्य जानकारीमूलक कार्यहरु सञ्चालन गरेको छ । बैंकको वित्तीय साक्षरता कार्यक्रमबाट ३ हजार बढी प्रत्यक्ष लाभान्वित भएका छन् ।
एनएमबि बैंकले हाल देशभर २०२ शाखाहरु, १८७ एटिएमहरु र ९ एक्सटेन्सन काउन्टरमार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।
Comments are closed.