दिगो लगानीको लागि एनएमबि बैंकको अन्तर्राष्ट्रिय निकायसँग समझदारी

काठमाडौं । एनएमबि बैंकले दिगो लगानीका लागि अन्तर्राष्ट्रिय निकायसँग समझदारी गरेको छ । अन्तर्राष्ट्रिय निकायहरु IFC, BII / MetLife सँगको साझेदारीमा नेपालमै पहिलो पटक अमेरिकी डलर ६ करोड बराबरको नेपाली रुपैयाँ अंकित हरित वण्ड जारी गर्ने उद्देश्यका साथ साझेदारी पत्रमा हस्ताक्षर भएको छ ।

यस सहकार्यले जलवायु परियोजनामा संलग्न उद्ययममा लगानी विस्तार गरी प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा गुणस्तरीय रोजगारी श्रृजना हुने लक्ष्य समेत लिएको छ । यसले देशको उर्जा क्षेत्रको विकसमा थप टेवा पुग्ने विश्वास बैंकको रहेको छ । यस वण्ड जारी गरी प्राप्त हुने रकम विशेषतः सौर्य उर्जा लगायतका नवीकरणीय उर्जाहरु, विद्युतीय सवारी, हरित भवन तथा बायोमास जस्ता परियोजनामा लगानी विस्तार गर्ने लक्ष्य लिइएको छ ।

बैंकका सञ्चालक समिति अध्यक्ष मनोजकुमार गोयलले नवीकरणीय उर्जा लगायतका क्षेत्रमा फड्को मारिने बताउँदै यस पहलले विदेशी पूँजीलाई स्वदेशमा भित्र्याई जलवायु क्षेत्रमा लगानी गर्दै यस क्षेत्रमा परेको पर्यावरणीय प्रभावलाई न्युनिकरण गर्न थप सहयोग पुग्ने बताए ।

 

 

You might also like

Comments are closed.