काठमाडौं । एनएमबि बैंकले १२ औँ हेरिटेज वाक कार्यक्रम सम्पन्न गरेको छ । बैंकको गट्ठाघर शाखाबाट शुरु भई शन्खधर पार्क, बालकुमारी मन्दिर, पाटी बिहार, नगदेश हुँदै बोडेको महालक्ष्मी मन्दिरसम्म पुगेर हेरिटेज वाक कार्यक्रम सम्पन्न गरेको हो ।
कार्यक्रमका प्रमुख अतिथि मध्यपुर थिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठले यस्ता कार्यक्रमलाई आगामी दिनमा पनि सञ्चालन गर्नुपर्ने बताउँदै कार्यक्रम आयोजनाका लागि आफूले सक्दो सहयोग गर्ने बताए । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सम्पदा तथा वातावरण संरक्षणको लागि नेपाल हेरिटेज सोसाईटीलाई रु ५ लाख र मध्यपुर थिमि नगरपालिकालाई फोहोर मलाई सामग्री समेत हस्तान्तरण गरिएको छ ।
बैंकले कोशी प्रदेशमा पूर्व बस स्ट्यान्ड देखि पाउ पाथिभरा मन्दिर झापा सम्म, मधेशमा बिरगञ्ज शाखा देखि शङ्कराचार्य गेटसम्म, चितवनमा लायन्स चोक देखि हरिहर मन्दिर सम्म, गण्डकीमा लेकसाइड शाखा देखि राममन्दिर बिरौटासम्म, लुम्बिनीमा भल्वारी शाखा देखि मोक्षधाम सेवा आश्रमसम्म, कर्णालीमा बिरेन्द्रनगर शाखा देखि काक्रेबिहार मन्दिरसम्म र सुदूरपश्चिम प्रदेशमा ग्रीन गोदावरीइ रिसोर्ट देखि गोदावरी शिव मन्दिरसम्म हेरिटेज वाक कार्यक्रम सम्पन्न गरेको छ ।
बैंकले नेपाल हेरिटेज सोसाईटीको सहकार्यमा भएको कार्यक्रममा बैंकका कर्मचारी, मध्यपुर थिमि नगरपालिकाका कर्मचारी, नेपाल हेरिटेज सोसाईटीका सदस्य तथा सर्वसाधारण गरी करिव ७ सय सहभागी थिए । बैंकले हाल देशभरी २०२ शाखाहरु, १८६ एटीएमहरू, ९ एक्सटेन्सन काउन्टरमार्फत बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।
Comments are closed.