एनएमबि बैंकको अगुवाइमा बज्र मादी जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन

काठमाडौं । एनएमबि बैंक लिमिटेडको अगुवाईमा मादी गाउँपालिका कास्कीमा रहेको बज्र मादी जलविद्युत आयोजनामा ऋण लगानी गर्न वित्तीय व्यवस्थापन भएको छ ।

एनएमबि बैंक, कृषि विकास बैंक तथा बज्र इनर्जी भेन्चर्स प्रा.लि. बीच २४.८ मेगावाट क्षमताको बज्र मादी जलविद्युत आयोजनामा ऋण लगानी गर्न वित्तीय व्यवस्थापन भएको हो । आयोजनाको करिब लागत रु. ५ अर्ब ३५ करोड र बैंक तथा वित्तीय संस्थाको ऋण लगानी रु. ३ अर्ब ७४ करोड ५० लाख रहनेछ । एनएमबि बैंकले हालसम्म ५० वटा भन्दा बढी जलविद्युत आयोजनामा लगानी गरिसकेको छ ।

त्यसैगरी, सोही समूहबाट लगानी गरेको भिजन लुम्बिनी ऊर्जा कम्पनी लिमिटेडले कास्कीको अन्नपूर्ण गाउँपालिका तथा पोखरा महानगरपालिकामा प्रवद्र्धित २५ मेगावाट क्षमता रहेको सेती नदी जलविद्युत आयोजना वि.सं २०८१ साल कात्तिक २७ गते मध्यान्ह १२ बजे देखि व्यापारिक उत्पादन सुरु भएको जानकारी गराइएको छ । आयोजना एनएमबि बैंकको अगुवाईमा कर्मचारी सञ्चय कोष तथा कृषि विकास बैंकले ऋण लगानी गरेको छ ।

नेपाल राष्ट्र बैंकबाट जारी वातावरणीय तथा सामाजिक जोखिम व्यवस्थापन, २०२२ को निर्देशन अनुसार एनएमबि बैंकले वातावरणीय तथा सामाजिक नीति तयार पारी त्यस बमोजिम बैंकले पर्यावरण तथा सामाजिक व्यवस्थापन प्रणाली लागू गरिसकेको छ ।

 

 

 

 

 

 

 

You might also like

Comments are closed.