माथिल्लो मैवा जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन

काठमाडौं । एनएमबि बैंक लिमिटेड तथा काङ हाइड्रोपावर कम्पनी लिमिटेडबीच माथिल्लो मैवा खोला जलविद्युत आयोजनामा ऋण लगानीका लागि वित्तीय व्यवस्थापन भएको छ ।

१७.८५ मेगावाट क्षमताको ताप्लेजुङ मैवाखोला तथा मेरिङदेन गाउँपालिकामा अवस्थित माथिल्लो मैवा खोला जलविद्युत आयोजनामा ऋण लगानी गर्न वित्तीय व्यवस्थापन भएको हो । बैंकको तर्फबाट दिनेश दुलाल र हाइड्रोपावर कम्पनीको तर्फबाट प्रबन्ध निर्देशक गणेशप्रसाद सुब्बाले ऋण सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

हस्ताक्षर पश्चात् बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द घिमिरे तथा कम्पनीको तर्फबाट प्रबन्ध निर्देशक सुब्बाले ऋण सम्झौता पत्र आदान प्रदान गरेका छन् । बैंकका प्रमुख कार्यकारी अधिकृत घिमिरेले आयोजना निर्धारित लागत तथा तोकिएको समय सिमाभित्र सकाउन र आयोजना निर्माण गर्दा प्राविधिक पक्ष, वातावरणीय तथा पर्यावरणीय पक्षलाई ध्यानमा राखि सोको उचित समाधान पहिचान गरी अगाडि बढ्न पनि कम्पनीलाई आग्रह गरे ।

हाइड्रोपावर कम्पनीको तर्फबाट प्रबन्ध निर्देशक सुब्बाले एनएमबि बैंकलाई धन्यवाद दिदै माथिल्लो मैवा खोला जलविद्युत आयोजना निर्धारित लागत तथा समयसिमामा सम्पन्न गर्ने प्रतिवद्धता समेत जाहेर गरेका छन् । बैंकले हालसम्म ५० बढी जलविद्युत आयोजनामा लगानी गरिसकेको छ ।

नेपाल राष्ट्र बैंकबाट जारी वातावरणीय तथा सामाजिक नीति २०२२, को निर्देशन अनुसार बैंकले वातावरणीय तथा सामाजिक नीति तयार पारी सो बमोजिम आयोजनाको पर्यावरण तथा सामाजिक जोखिम व्यवस्थापन गर्नको लागि बैंकले पर्यावरण तथा सामाजिक व्यवस्थापन प्रणाली लागु गरिसकेको छ ।

You might also like

Comments are closed.