काठमाडौं । एनएमबि बैंकले नयाँ अटो लोन योजना ल्याएको छ । नाडा अटो शोमा सहभागिता जनाउँदै र आउने चाडपर्वलाई लक्षित गर्दै बैंकले विशेष अटो लोन योजना सार्वजनिक गरेको छ ।
यो योजना अन्तर्गत ग्राहकले ७.१३ प्रतिशतको आकर्षक ब्याजदरमा सवारी साधन कर्जा उपभोग गरी व्यक्तिगत सवारी साधन किन्न सकिनेछ । बैंकले यो योजना सिमित अवधिका लागि मात्र ल्याएको छ ।
आवेदन प्रक्रिया सहज र लचिलो बनाइएको छ । इलेक्ट्रिक सवारी साधन किन्न चाहने ग्राहकका लागि एनएमबि बैंकको यो अफर एक राम्रो अवसर हुनेछ । बैंकले यस अफरमार्फत वातवरणमैत्री सवारी साधनको प्रयोगलाई प्रोत्साहन गर्दै दिगो तथा हरित भविष्य निर्माणतर्फ सहयोग गर्ने लक्ष्य लिएको छ ।
बैंकको यो प्रयास दिगो विकासमा टेवा पुर्याउने र ग्राहकलाई केन्द्रमा राखेर सेवाहरु उपलब्ध गराउने प्रतिबद्धताको उदाहरण हो । यस अफरबारे थप जानकारी एनएमबि बैंकको नजिकको शाखा वा नाडा अटो शोमा रहेको एनएमबी बैंकको स्टल नम्बर ई २५ मा बैंकको तर्फबाट उपस्थित हुने प्रतिनिधिमार्फत लिन सकिनेछ ।
एनएमबि बैंकले हाल देशभरी २०२ शाखाहरु, १८७ एटिएमहरु र ९ एक्सटेन्सन काउन्टरमार्फत सेवा प्रदान गर्दै आइरहेको छ ।
Comments are closed.