एनएमबि बैंकले ल्यायो एनएमबि स्मार्ट नारी बचत खाता

काठमाडौं ।  एनएमबि बैंकले देश तथा विदेशमा बस्ने नेपाली महिला वर्गलाई लक्षित गरी आकर्षक बचत योजना “एनएमबि स्मार्ट नारी बचत खाता” ल्याएको छ ।

महिलाहरूलाई बचततर्फ प्रोत्साहित गर्ने र डिजिटल कारोबारमा सक्रिय बनाउने प्रयास स्वरुप यस योजना अन्तर्गत ग्राहकहरूले मेडिकल /स्वास्थ्य जाँचमा गरिने डिजिटल भुक्तानीमा वार्षिक रु ५ हजारसम्म क्यासब्याक पाउन सक्नेछन् ।

त्यसैगरी, ग्राहकले निःशुल्क डेबिट कार्ड, क्रेडिट कार्ड, डलर कार्ड, मेरो सेयर, डिम्याट लगायतका सुविधाहरूको फाइदा लिन सक्नेछन्।यस योजना अन्तर्गत ग्राहकले रिटेल कर्जा र महिला उद्यमशिल कर्जामा कर्जा प्रशासनिक शुल्कमा ०.२५ प्रतिशत सम्म विशेष छुट पनि प्राप्त गर्न सक्नेछन् ।

jutta mela

यस बैंकले हाल देशभरी २०१ शाखाहरु, १३८ एटिएमहरु र ११ एक्सटेन्सन काउन्टरहरु मार्फत प्रदान गदै आइरहेको छ । एनएमबि बैंक दि फिनान्सियल टाईम्स, लण्डनको ‘द ब्यान्कर’ पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधी ‘बैंक अफ दि इयर एसिया २०२१’ उपाधिबाट सम्मानित भएको बैंक हो ।

एनएमबि बैंकले २०१७, २०१८, २०२० र २०२१ का लागि पनि उक्त पत्रिकाद्वारा चार पटक नेपालकै उत्कृष्ट बैंकको उपाधी ‘बैंक अफ दि इयर नेपाल’ प्राप्त गरि सकेको छ ।

 

You might also like

Comments are closed.