काठमाडौं । एनएमबि बैंक र ब्रिटिश अन्तर्राष्ट्रिय लगानीबीच दुई करोड ५० लाख अमेरिकी डलर आवधिक कर्जा लगानी भित्र्याउने सम्झौता भएको छ ।
एनएमबि बैंक र बीआईआईबीच दुई करोड ५० लाख अमेरिकी डलर लगानी गर्ने सम्झौता भएको हो । बीआईआईले दुई करोड ५० लाख अमेरिकी डलर लगानी गर्ने सम्झौतामा उल्लेख गरेको छ । बीआईआईबाट दोस्रो आवधिक कर्जा प्राप्त गर्ने एनएमबि ब्यांक नेपालको एक मात्र बैंक भएको छ।
हाल आन्तरिक स्रोतले मात्र बजारको मागलाई धान्न नसकिरहेको परिस्थितिमा उक्त कर्जाले जलस्रोत तथा नवीकरणीय ऊर्जा क्षेत्रमा लगानी बढाउन मद्दत पुग्ने बैंकले बताएको छ । एनएमबि बैंकद्वारा आयोजित सम्झौता हस्ताक्षर समारोहमा बोल्दै बैंकका कार्यकारी अधिकृत सुनील केसीले उक्त कर्जा लगानीले उर्जा क्षेत्रमा कार्यरत परियोजनाहरु लाभान्वित हुनुका साथै बैंकले लिएको दिगो बैंकिङको अवधारणालाई एक कदम अगाडि पुर्याउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताएका छन्।
उक्त कर्जाले ऊर्जा क्षेत्रमा कार्यरत परियोजनाहरू लाभान्वित हुने उनको भनाइ छ। एनएमबि बैंकले २०१७, २०१८, २०२० र २०२१ का लागि पनि उक्त पत्रिकाद्वारा चार पटक नेपालकै उत्कृष्ट बैंकको उपाधि ‘ बैंक अफ दी इयर नेपाल’ प्राप्त गरिसकेको छ।एनएमबि बैंकले हाल देशभर २०१ शाखा, १३८ एटीएम र ११ एक्सटेन्सन काउन्टरमार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ।
Comments are closed.