मनकामना बजार डिजिटल बनाउने अभियान सुरु

काठमाडौं । विद्युतीय माध्यमद्वारा भुक्तानी प्रोत्साहन गर्ने उद्देश्य लिएर एनएमबि बैंक र फोनपे को सहकार्यमा मनकामना बजार पुरै डिजिटल बनाउने अभियान सुरु भएको छ ।

शुक्रबार क्यूआरमार्फत मन्दिरमा भेटी दान गर्दै नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेल, एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसी र फोनपेका प्रमुख कार्यकारी अधिकृत दिवस सापकोटाले सो अभियानको सुरुवात गरेका हुन् ।

मनकामना मन्दिर परिसरमा पुजा सामग्री, फलफुल, रेस्टुरेन्टलगायत अरु व्यवासयको भुक्तानीका साथै मन्दिरमा भेटी दानसमेत अब विद्युतीय माध्यमबाट गर्न सकिने भएको छ ।

बैंकले हाल देशभरी २०१ शखा, १३८ एटिएम र ११ एक्सटेन्सन काउन्टरहरू मार्फत बैंकिङसेवा प्रदान गर्दै आइरहेको छ ।

You might also like

Comments are closed.