काठमाडौं । एनएमबि बैंकको २७ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । बैंकका संचालक समितिका अध्यक्ष, सञ्चालक र सेयरधनीहरुको उपस्थितिमा सभा आज काठमाडौंको कमलादी नेपाल प्रज्ञा प्रतिष्ठानमा सम्पन्न भएको हो ।
एनएमबि बैंकको सञ्चालक समितिका अध्यक्ष पवनकुमार गोल्यानको सभापतित्वमा सम्पन्न साधारण सभामा बैंकका सेयरधनीहरुले आ–आफ्नो विचार समेत राखेका थिए ।
वार्षिक साधारण सभाबाट आ.व. २०७८/७९ को नाफाबाट हाल कायम चुक्ता पुँजीको ८.२५ प्रतिशत (कर सहित) नगद लाभांश पारित गरेको छ । बैंकको २०७९ असारसम्ममा खुद नाफा ३ अर्ब २९ करोड, निक्षेप रु. १८६.४० अर्ब र कर्जा रु. १८२.०९ अर्ब रहेको छ ।
बैंकले हाल देशभरी २०१ शखा, १३८ एटिएम र ११ एक्सटेन्सन काउन्टरहरू मार्फत बैंकिङसेवा प्रदान गर्दै आइरहेको छ ।
Comments are closed.