एनएमबि बैंकको ईभी अटो ऋण ७ वर्षको लागि मात्र ८.९९ प्रतिशतमा

काठमाडौं । एनएमबि बैंकले विद्युत्तीय सवारी साधन ७ वर्षको अवधिका लागि मात्र ८.९९ प्रतिशत निश्चित ब्याजदरमा उपलब्ध गराएको छ ।

नेपालमा विद्युत्तीय सवारी साधनको प्रयोगलाई प्रवद्र्धन गर्ने र दिगो भविष्यलाई समर्थन गर्ने उद्देश्यका साथ बैंकले विद्युत्तीय गाडी सेग्मेन्टमा कम ब्याजदरमै ऋण उपलब्ध गराएको हो ।

ग्राहकले अब सजिलै आफ्नो विद्युत्तीय सवारी साधन फाइनान्स गरी दिगो भविष्यतर्फ योगदान दिन सक्नेछन् । लचिलो भुक्तानी विकल्पहरू र द्रुत स्वीकृति प्रक्रियासहित, ग्राहकले सजिलै एनएमबि सुलभ अटो ऋण लिन सकिनेछ ।

एनएमबि बैंकले हाल देशभरी २०१ शाखाहरु, १८७ एटिएमहरु र ११ एक्सटेन्सन काउन्टरमार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।

 

You might also like

Comments are closed.