एनएमबि बैंकको बुद्ध भिसा कार्डबाट फ्लाईट टिकेट किन्दा बिशेष छुट

काठमाडौं । एनएमबि बैंकको बुद्ध भिसा कार्डबाट फ्लाईट टिकेट किन्दा बिशेष छुट पाइने भएको छ ।

बैंकले बुद्ध भिसा डेबिट कार्ड होल्डरको लागि चाडपर्वमा बुद्ध एयरको वेब साइटबाट फ्लाईट टिकट काट्दा १० प्रतिशत क्यास ब्याक, अधिकतम रु. ५०० सम्म दिने घोषणा गरेको छ ।

jutta mela

चाडपर्वको समयमा, बैंकले ग्राहकको यात्रामा सजिलो होस् भन्ने सहकार्यको लागि सो अफर घोषणा गरेको हो ।

अफर छठ सम्मको लागि लागू हुनेछ । ग्राहकलाई बचतको लाभ लिन पनि प्रोत्साहित गर्दछ । थप जानकारीका लागि बैंकको कल सेन्टर ०१५९७०१७० वा नजिकैको शाखामा सम्पर्क गर्न सकिनेछ ।

एनएमबि बैंकले हाल देशभरी २०१ शाखाहरु, १८७ एटिएमहरु र ११ एक्सटेन्सन काउन्टरमार्फत सेवा प्रदान गर्दै आइरहेको छ ।

You might also like

Comments are closed.