एनएमबि बैंकले गर्यो एएमबि नेक्टजेन बैंकिङ लिडर छात्रवृत्ति घोषणा

काठमाडौं । एनएमबि बैंकले भविष्यका बैंकिङ क्षेत्रका लिडरलाई प्रोत्साहन गर्ने उद्देश्यले एएमबि नेक्टजेन बैंकिङ लिडर छात्रवृत्ति घोषणा गरेको छ । बैंकले काठमाडौं विश्वविद्यालयमा स्नातक तहमा अध्यनरत प्रत्येक प्रदेशका एक–एक जना गरी ७ जना विद्याथीलाई छात्रवृत्ति प्रदान गरेको हो ।

विद्यार्थीमा अग्रीम रुपमा नेतृत्व शैली विकास गर्दा बैंकिङ क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउन सकिने विश्वास बैंकले लिएको छ । यस छात्रवृत्तिको मुल उद्देश्य प्रतिभावान् विद्यार्थीमा लगानी गरी बैंकिङ क्षेत्रको भविष्य सुनिश्चित गर्नु हो ।

jutta mela

विद्यार्थीलाई बैंकिङ क्षेत्रमा आवश्यक पर्ने सीप तथा ज्ञान प्रदान गर्दै भावि दक्ष बैंकरहरु उत्पादन गरी बैंकिङ क्षेत्रको विकासमा टेवा पु¥याउने लक्ष्य बैंकले लिएको छ । दि फिनान्सियल टाईम्स, लण्डनको “द ब्यान्कर” पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधी “बैंक अफदिइयर एसिया २०२१” को उपाधीबाट सम्मानित भएको बैंक हो ।

एनएमबि बैंकले २०१७, २०१८, २०२० र २०२१ का लागि पनि सो पत्रिकाद्वारा हालसम्म ४ पटक नेपालको उत्कृष्ट बैंकको उपाधी प्राप्त गरिसकेको छ । बैंकले हाल देशभर २०१ शाखाहरु, १८७ एटिएमहरु र ११ एक्सटेन्सन काउन्टरमार्फत सेवा प्रदान गर्दै आइरहेको छ ।

You might also like

Comments are closed.