एनएमबिका ग्राहकले अब बुद्ध एयर र यती एयरमा क्यासब्याक पाउने

काठमाडौं । आउँदो चाड पर्वलाई मध्य नजर गर्दै एनएमबि बैंकले क्यासब्याक अफर ल्याएको छ । एनएमबिका ग्राहकले अब बुद्ध एयर र यती एयरको एप र वेवबाट एनएमबि बैंकको डेबिट र क्रेडिट कार्ड प्रयोग गरी प्रत्येक टिकट खरिद गर्दा क्रमशः ३५० र ५०० क्यासब्याक सुविधा पाउने भएका छन् ।

क्यासब्याक सुविधाको लागि ग्राहकहरूले आफ्नो एनएमबि कार्डहरूमा ई-कमर्स सक्रिय गर्नु पर्नेछ । यो सुविधा सिमित अवधिको लागि मात्र उपलब्ध गरिने बैंकले जनाएको छ ।

बैंकले आफ्नो सेवा अभिवृद्धि गर्ने क्रममा यस्ता सुविधाहरु ग्राहक माझ प्रस्तुत गर्दै आइरहेको छ । एनएमबि बैंकले हाल देशभरी २०१ शाखा, १३८ एटीएमहरू, ११ एक्सटेन्सन काउन्टरहरू मार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेका छ ।

You might also like

Comments are closed.