काठमाडौं । नेपाल आयल निगम स्थापनाको ५१ वर्ष पुगेको छ । निगमले आइतबार ५१औं वार्षिकोत्सव मनाउँदैछ । निगम विभिन्न चुनौतिहरुलार्ई अवसरको रुपमा सदुपयोग गर्दै ५१ औं वर्षमा प्रवेश गरेको कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले बताए ।
स्थापनाको ५१औं वार्षिकोत्सवको अवसरमा निगमका सम्पूर्ण सेवारत तथा भूतपूर्व कर्मचारीहरु, निगमका आधिकारिक बिक्रेताहरु, ढुवानीकर्ताहरु, पेट्रोलियम पदार्थको कारोवारमा संलग्न सम्पूर्ण मजदुरहरु साथै सरोकारवाला निकायहरुमा निगमले शुभकामना व्यक्त गरेको छ ।
‘आपसी सहयोग र सहकार्यबाट उपभोक्ताहरुको हितमा समर्पित रहने प्रतिबद्धता जाहेर गर्दै निगम सम्बद्ध सबैको सक्रिय साथ, सहयोग र स्नेहको अपेक्षा राख्दछौं,’ पौडेलले वार्षिकोत्सवको अवसरमा भनेका छन् ।



Comments are closed.