एनप्याब्सनले उपत्यकाव्यापी अन्तर विद्यालय लोक सांस्कृतिक नृत्य प्रतियोगिता गर्दै

राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपालकाठमाडौंले उपत्यकाव्यापी अन्तर विद्यालय लोक सांस्कृतिक नृत्य प्रतियोगिता २०७९ आयोजना गर्ने भएको छ ।

उक्त प्रतियोगिता आगामी भाद्र ७ गते काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञाप्रतिष्ठानमा हुन लागेको हो । कार्यक्रम ७ गते बिहान ९ बजेबाट सुरु हुने कार्यक्रमका संयोजक टंक थापाले जानकारी दिए।

प्रतियोगितामा सहभागि हुन इच्छुक विद्यार्थीले २०७९ भाद्र १ गते भित्र दर्ता फारम भरिसक्नुपर्ने अन्तिम मिति तोकिएको छ । प्रतियोगितामा सहभागि हुनेका लागि प्रवेश शुल्क ६ हजार तोकिएको छ ।

उक्त प्रतियोगितामा सहभागिलाई विभिन्न आकर्षक पुरुस्कार समेत प्रदान गर्ने  जनाइएको छ । । जस अन्तर्गत प्रथम हुनेलाई २० हजार रुपैयाँ, ट्रफि, प्रमाणपत्र र मेडल प्रदान गरिने छ ।

त्यस्तै दोस्रो हुनेलाई १५हजार रुपैयाँ, ट्रफि, प्रमाणपत्र र मेडल प्रदान गरिने छ । तेस्रोलाई १० हजार रुपैयाँ, ट्रफि, प्रमाणपत्र र मेडल प्रदान गरिने छ भने चौथोदेखि दसौं पुरस्कारमा हजार , ट्रफि, प्रमाणपत्र र मेडल प्रदान गरिनेछ । विस्तृत जानकारीको लागि कार्यक्रमका संयोजक टंक थापा र कार्यालय सचिव अनिस बस्नेतलाई सम्पर्क गर्न सकिने छ ।

You might also like

Comments are closed.