नेशनल प्याब्सन काठमाडौंको आयोजनामा पुर्ब प्राथमिक शिक्षक तालिम

काठमाडौं । नेशनल प्याब्सन काठमाडौं जिल्ला समिति तालिम बिभागबाट पुर्ब प्राथमिक तहको शिक्षक तालिम सम्पन्न भएको छ ।नेशनल प्याब्सनका केन्द्रीय अध्यक्ष पाण्डब हमालको प्रमुख आतिथ्यतामा ग्यालेक्सी पब्लिक स्कुलको सभाहलमा तालिम भएको हो ।

काठमाडौंका ७० बिद्यालयका २५७ जना शिक्षकहरुको सहभागितामा स्मार्ट माईण्डका प्रमुख परशुराम एस निरौलाले एक्काइसौं शताब्दीमा कक्षा कोठामा बिद्यार्थीहरुको रुचिलाई सम्बोधन हुने किसिमको प्रभाबकारी शिक्षण सिकाई बिधि केन्द्रित तालिम प्रदान गरे। ५ पाँच घण्टा सम्म संचालन भएको तालिमका २५७ जना शिक्षकहरुलाई समापन समारोहका प्रमुख अतिथि नेशनल प्याब्सन केन्द्रिय समितिका सह अध्यक्ष सुबास न्यौपानेले प्रमाण पत्र वितरण गरेका थिए ।

तालिम बिभाग प्रमुख तथा नेशनल प्याब्सन काठमाण्डौंका उपाध्यक्ष होम बहादुर (मनोज) का अनुसार नेशनल प्याब्सन काठमाडौँले गत तीन बर्षको अबधिमा तीन हजार शिक्षकहरुलाई यस्तै किसिमको तालिम प्रदान गरेको र आगामी दिनमा तालिमलाई अझै प्रभाबकारी रुपमा संचालन गर्ने बताए ।

कार्यक्रमका प्रमुख अतिथी तथा अतिथिहरुले शिक्षण सिकाईमा तालिमको महत्त्व र शिक्षकहरुको भुमिका बारे प्रष्ट पारे ।तालिम कार्यक्रम जिल्ला समितिका अध्यक्ष खडक बहादुर बस्नेतको सभापतित्वमा सम्पन्न भयो ।

 

You might also like

Comments are closed.